सामुदायिक विद्यालयले गुणस्तरिय शिक्षा नदिँदा सुन फल्ने खेतमा सिस्नु र कालाझारले प्रभुत्व जमायो

अहिले देशभर बिद्यालय बन्द छन् । देशभर मात्र नभएर बिश्वभरले संकट बेहोरी रहेको छ। यो समय बालबालिका हरुको पढाइमा प्रत्यक्ष असर भने परेको छ। यो बन्दको समयमा सबैको बालबालिका आफ्ना आमा बाबुका साथमा छन् । अधिकांश मान्छेहरू छोराछोरी पढाउन गाउँ छाडेर शहर पसेका थिए । ती सबै परिवारहरू यति बेला गाउँघरमै छन्। आफु नपढेर दुख पाइयो भन्दै आफ्ना बालबालिकालाई राम्रो शिक्षा दिन पाइएकोमा आमाबाबु पनि सन्तुष्टि थिए ।सामुदायिक विद्यालयको विस्वास गर्न नसकेर बजार केन्दित हुनु अभिभावकको बाध्यता पनि थियो । बालबालिकाहरूले पनि घोकन्ते शिक्षा भएनि हाँसिल गरेकै नतिजा कागजीरुमै  देखिन्थ्यो ।

प्रायःजसो शिक्षक आफैले आफ्ना बच्चा सामुदायिक बिद्यालयमा पढाउदैनन। जसले सामुदायिक विद्यालयमा शिक्षक बनेर कैयौँ बालबालिकाको भबिष्यको जिम्मा लिएका हुन्छन् उनिहरूलाई आफै माथि विस्वास नभएको प्रष्ट देखिन्छ । उनिहरूलाई न आफ्नो शिक्षण दक्षता सँग विस्वास छ न अरु सहपाठीको। यस अर्थमा हाम्रा छोराछोरी बिगार्न किन सामुदायिक बिद्यालय लाने बरु एकछाक खाएर भए पनि बच्चाको भबिष्य नबिगार्ने आमाबाबुको मन हुन्छ।

सरकारले सामुदायिक विद्यालयमा अङ्ग्रेजी भाषाबाट कक्षा सुरु नगरेको होईन । तर सुरु गरेर मात्र भएन यसको नतिजा आउन जरुरी छ । यो अवसरलाई सामुदायिक विद्यालय सँग सरोकार राख्ने सरोकारवालाहरूले क्यास गर्न सकेनन् ?

जब एउटा शिक्षकले आफ्नो दक्षतामा विस्वास गर्न सक्दैनन् । तब गाउँघरका अरु अभिभावकले ती शिक्षक माथी कसरी विश्वास गर्छन् ?आजको शिक्षा नै भोलीको जीवन जिउने हतियार हो भन्ने कुरा आजका अभिभावकले राम्रो सँग बुझेका छन् ।जसको फलस्वरुप गाउँ छाडेर राम्रो खालको निजि बिद्यालयको खोजिमा भौतारिनु अभिभावकको बाध्यता हो । हुनत केहि सामुदायिक विद्यालय तथा  निजामती कर्मचारीका बालबालिकाहरू सामुदायिक विद्यालयमा पढाउने कसरत सुरु नभएको होईन । तर यसले नतिजामुखी अग्रगामी छलाङ मार्न सकेन ।सरकारी ढुकुटी बाटै पारिश्रमिक लिनेले नै सरकारको कुरा नटेरे पछि कसरी हुन्छ र शैक्षिक विकास ? अनि कसरी हुन्छ समृद्ध नेपाल ?

सरकारले सामुदायिक विद्यालयमा अङ्ग्रेजी भाषाबाट कक्षा सुरु नगरेको होईन । तर सुरु गरेर मात्र भएन यसको नतिजा आउन जरुरी छ । यो अवसरलाई सामुदायिक विद्यालय सँग सरोकार राख्ने सरोकारवालाहरूले क्यास गर्न सकेनन् ? यसैको नतिजा हो प्राईभेट विद्यालयहरू फस्टाउनु । यसको प्रतक्ष असर सामुदायिक विद्यालयमा बिद्यार्थीको कमि त हो नै तर यो भन्दा ठुलो असर अर्को छ । सामुदायिक विद्यालयले गुणस्तरिय शिक्षा दिन नसकेर नै सुन फल्ने खेतमा सिस्नु र कालाझारले आफ्नो प्रभुत्व जमायो ।

अहिले सबै मानिसहरू गाउँ गाउँ छन । सँगै त्यी पढ्ने बिद्यार्थी पनि। दुध कहाँ पाइन्छ? भन्ने प्रश्नलाई उतर “डेरि” भन्ने खालका । तर अहिले त्यी बिद्यार्थीहरुले गाइ भैसी देख्न पाएका छन। खाना पकाउने ग्यास मात्र होइन दाउरा पनि प्रयोगमा ल्याइने रहेछ भन्ने कुरा बुझ्न पाएका छन।


अचानक कोरोना भाईरसको संकट परेपछी देश लगडाउन भयो । सहर बस्नेहरु आँत्तिए। अनि गाउँ आउन थाले । फागुन महिना सम्म २ जना बसेको घरमा अहिले एउटाको घरमा १८ जना सम्मको परिवार छन् । अहिले सबै मानिसहरू गाउँ गाउँ छन । सँगै त्यी पढ्ने बिद्यार्थी पनि। दुध कहाँ पाइन्छ? भन्ने प्रश्नलाई उतर “डेरि” भन्ने खालका । तर अहिले त्यी बिद्यार्थीहरुले गाइ भैसी देख्न पाएका छन। खाना पकाउने ग्यास मात्र होइन दाउरा पनि प्रयोगमा ल्याइने रहेछ भन्ने कुरा बुझ्न पाएका छन। कति सानासाना बच्चा हरु चित्रकार बनेकाछन । आफ्ना परिवारका असली चित्र कोरेर भितामा टासेका छन। कति बच्चाहरु तरकारी काट्न, खेत खन्न, समाजमा कस्ताखालका मानिस छन भनेर अबलोकन गर्न, भ्याएका छन । बिद्यालय जाने घर आउने खाजा खाने गृहकार्य गर्ने यस्तैमा दैनिकी बित्ने बिद्यार्थीहरु अहिले चराचुरुङ्गी सँग रमाउन पाएका छन्। उनिहरिले जङ्गलमा बाख्रा चराउन सिक्न थालेका छन। खोला संग खेल्न सक्ने भएका छन। जुन ज्ञान जानेका छन त्यो ज्ञान कुनै पाठ्यक्रममा समाबेश गरेको छैन। तर अभिभावक चिन्तित देखिन्छन  बच्चाको पठाइ बिग्रीयो भनेर । तर बुझ्दैनन कि यति धेरै सिप सिकेका छन् ।

अझ गाउँका सामुदायिक विद्यालयले गुणस्तरिय शिक्षाको भरोसा अभिभावकलाई दिलाउन सक्ने हो भने बाझो खेतबारी पनि हराभरा हुन्छन्। गाउँमै आम्दानीको स्रोत बन्छ । गाउँमै फल्छ अन्नकादाना ।तब पुरा हुन्छ समृद्ध देशको सपना ।

भुइँमा स्याउ किन खस्यो भनेर न्युटलको पत्ता लगाएका गुरुत्वाकर्षण सहरका महलमा बसेर होईन । त्यसैले अहिले बिद्यालय बन्द हुदैमा आत्तिई हाल्नु पर्ने छैन। उनिहरुले धेरै शिक्षा गाउँ घरमै बसेर आर्जन गरेका छन। अझ गाउँका सामुदायिक विद्यालयले गुणस्तरिय शिक्षाको भरोसा अभिभावकलाई दिलाउन सक्ने हो भने बाझो खेतबारी पनि हराभरा हुन्छन्। गाउँमै आम्दानीको स्रोत बन्छ । गाउँमै फल्छ अन्नकादाना ।तब पुरा हुन्छ समृद्ध देशको सपना ।