कमरेड ! तपाइ योग्य तर म चाही कसरी अयोग्य भए ?

  “टपाईलाई प्रत्येक डिन यटै डेख्छु नि भाइ ?”  काठमाडौको चन्द्रागिरी नगरपालिका (साविकको नयाँ नैकाप गाविस वडा नं. ५) मा रहेको एक नेवार आमाको पुरानो भट्टी, जहाँ अक्सर बडो कर गर्दा मात्र चिया बन्छ, अन्यथा साँझ परेपछि सबै–सबै नै रक्सी खाने मान्छे मात्र भेला हुन्छन् । सोही भट्टीमा चिया पिउन आउँदा–जादा देखिरहने अन्दाजी ३५–४० हाराहारीको व्यक्तिले मलाई यस्तै लवजमा प्वाक्क प्रश्न गरे । ‘हजुर हो दाइ, म ऊ त्यही पर्तिरको फूलमानचाको घरमा भाडामा बस्छु’ मैले उत्तर दिएँ । उनले ‘ए हो’ भनेर सही थाप्दै टाउको हल्लाए । मैले पनि टाउको हल्लाएँ । उनलाई मैले सो एरियामा प्राय साँझतिर देखिइरहेको हुन्थें । त्यस दिन पनि उनी आफ्ना दुई जना साथीहरुसंग आएका रहेछन् । मैले चिया पिइरहेको टेबुलको नजिक आएर गोजीबाट आलम बिडीको खिल्ली सल्काए अनि स्वाट्ट तान्दै भने–तपाईलाई कटै ढुवाँले अप्ठ्यारो त पार्डैन ? मैले “ठिकै छ दाई” भने । उनी ङिच्च हाँसे । उनको हरेक शब्दमा त भन्ने ठाँउमा ‘ट’ र द भन्ने ठाउँमा ‘ड’ उच्चारण भएकोले सुरुमा उनी नेवार समुदायका हुन जस्तो लागेको थियो तर पछी थाह भइयो कि, उनी मगर समुदायका रहेछन ।  

नेवार आमाले आफ्नै लवजमा “के खाने, छ्याङ कि रक्सी” भनेर सोधिन् । उनले साथीहरुसंग सानो स्वरमा साउती गर्‍यो र छ्याङ  खाने निर्क्यौल सहित उद्गार गर्‍यो । नेवार आमा भित्र  छ्याङ लिन जाँदा उनीहरुले अलि ठूलो स्वरमा बोले, आज उनीहरुसंग १८० रुपैया मात्र रहेछ रे, अनि रक्सी चाहि छयाङ्ग भन्दा बढी पैसा पर्ने भएकोले त्यहि रोजेको रे । साहुनी मा ले ३ डबका छयाङ्ग ल्याइन् र “सितन के चाहिन्छ” सोधिन् । उनीहरुले सितन नखाने भने । साहुनी गइन् । मैले यो सब हेरिरहेको थिएँ । उनीहरुले मगर लवजमा बोल्ने शैली बडो रसिलो थियो । उनीहरु आपसमा कहिले मातृभाषामा बोल्थे त कहिले खस भाषामा । बोल्दा प्राय एकले अर्कालाई बडो सम्मान गर्थे । जे लाई पनि गर्नुहुन्छ, खानुहुन्छ, भन्नुहुन्छ जस्ता सम्मानार्थी भाषा उच्चारण गर्थे । त्यो भाषा कहिले काहि छोराछोरी र श्रीमतिको प्रसङ्ग आउदा पनि त्यस्तै खानुहुन्छ, पढ्नुहुन्छ, भन्नुहुन्छ जस्ता शब्द नै प्रयोग हुन्थ्यो । 

उनीहरुले ठेगाना सजिलै भन्न मानेनन् । बरु पहिला परिचय गर्ने प्रस्ताव गरे । मैले “हवस्” भनेर गुड गर्न हात अगाडी बढाए र आफ्नो परिचय गराएँ । गुड गर्दा उसका हातमा ठेला उठेर फुटिसकेको र हातमा गेर्खाहरु घँघारुका लौरामा झै काँडा–काँडा परेका थिए । सार्है बलिष्ठ थिए बाहुहरु । तिनै जनासंग गुड गर्दै चिनजान गरेँ । 

जसबाट अड्कल लगाउन सजिलै सकिन्थ्यो कि उनीहरु खस भाषाका सिकारु हुन् । उनीहरुको मातृभाषामा छिटो छिटो बोल्थे तर नेपाली भाषामा थोरै अक्मकिन्थे । उनीहरुको बोल्ने लवज र शैली बडो रोचक थियो, रसिला शब्दहरु सुनिरहुँ जस्ता । त्यसैले मलाई पनि उनीहरु संग बोल्न मन लाग्यो र कुराकानीको प्रसंग अगाडी बढाउन चाहे र उहाहरु कहाबाट आउनु भएको भनेर सोधेँ । उनीहरुले सतुङ्गलको नकर्मी साहुको इट्टाभट्टामा मजदुरी काम गर्ने बताए र दिनभरी इट्टा बोकेको शरिरको थकाई मेटाउन सो भट्टीमा हरेक साँझ आउने बताए । मैले उनीहरुको स्थायी ठेगाना सोधेँ । उनीहरुले ठेगाना सजिलै भन्न मानेनन् । बरु पहिला परिचय गर्ने प्रस्ताव गरे । मैले “हवस्” भनेर गुड गर्न हात अगाडी बढाए र आफ्नो परिचय गराएँ । गुड गर्दा उसका हातमा ठेला उठेर फुटिसकेको र हातमा गेर्खाहरु घँघारुका लौरामा झै काँडा–काँडा परेका थिए । सार्है बलिष्ठ थिए बाहुहरु । तिनै जनासंग गुड गर्दै चिनजान गरेँ । 
उनीहरु रोल्पाका हालको थवाङ गाउपालिका अन्तर्गत एक गाउका स्थायी बासिन्दाहरु रहेछन् । २.५ बर्ष देखि सतुङ्गलको एक इट्टा भट्टिमा ज्यामी काम गर्न थालेका रहेछन् । त्यतिञ्जेल उनीहरुले एक÷एक डबका सकिसकेका थिए र नेवार्नी मा लाई पुन अर्को छयाङ्ग ल्याउन भन्दै थिए । साहुनी मा ले पनि ल्याएर थपिदिइन् । “छयाङ्ग माटै खाने आज टिमारु” भन्ने प्रश्न गरिन् । उनीहरुले त्यसबेला पैसा नभएकोले सितन खान नसक्ने बताए । नेवार्नी मा को र उनीहरुको बोल्ने उच्चारणमा केहि समानता देखिन्थ्यो । दुबै पक्षले ‘त’ लाई ‘ट’ र ‘द’ लाई ‘ड’ नै भन्थे तर लवज भने भिन्नै थियो । मगर लवज र नेवारी लवज प्रस्टै छुट्टिन्थ्यो ।

मैले उनीहरु रोल्पा देखि काठमाण्डौ सम्म ज्यामी काम गर्न आउनाको कारण सहित जान्न चाहे र बताउन आग्रह गरेँ । उनीहरु अति नै भावुक मूडमा पुगे र तपाईले हाम्रो बारेमा जानेर के नै गर्न सक्नुहुन्छ र, भने । म अलमल्ल परे र अफ्ठ्यारो मान्नुहुन्न भने सुनाउनुस् न भनेर आग्रह गरेँ । बडो मार्मिक रहेछ उनको जीवनगाथा ।

मैले उनीहरु रोल्पा देखि काठमाण्डौ सम्म ज्यामी काम गर्न आउनाको कारण सहित जान्न चाहे र बताउन आग्रह गरेँ । उनीहरु अति नै भावुक मूडमा पुगे र तपाईले हाम्रो बारेमा जानेर के नै गर्न सक्नुहुन्छ र, भने । म अलमल्ल परे र अफ्ठ्यारो मान्नुहुन्न भने सुनाउनुस् न भनेर आग्रह गरेँ । बडो मार्मिक रहेछ उनको जीवनगाथा । २०४६ सालमा कक्षा ७ मा पढ्दा–पढ्दै एकता केन्द्र मशाल मार्फत “बुर्जुवा शिक्षा बहिस्कार” आन्दोलनमा सहभागी भई किताब च्यातेर हिडेका रहेछन् । एकता केन्द्र मशाल तत्कालिन अवस्थामा रोल्पा जिल्लाको एक ससक्त पार्टी रहेछ । उनीहरुको टिममा हालको शासन सत्तामा रहेका धेरै ठुला ठुला मान्छेहरु पनि थिए रे । 
२०५१ सालसम्म सोहि पार्टीमा सक्रिय रहेका उनी तत्पश्चात् नेकपा माओवादी सम्मीलित भई भूमिगत भई छापामार युद्ध लडेछन् । छापामार हुदा उनी दाङ, रुकुम, सल्यान, ललितपुर इत्यादि स्थानमा गुरिल्ला युद्ध लडेछन् । कयौ सामन्तीलाई सबक सिकाए रे उनले । सल्यानको प्रहरी चौकी आक्रमणको नेतृत्व सम्हाल्दा एकजना महिला प्रहरीलाई बलिरहेको आगोबाट जिवितै उद्धार गरी मानविय संवेदनशिलता दर्शाएकोमा उनी गर्व गर्छन् । शत्रु भए पनि पहिला ऊ मानव हो । हाम्रो लडाई व्यक्ति संग होइन व्यवस्था संग हो भन्ने उनी लडेको हरेक मोर्चामा कहिलै पनि अन्याय नगरेको बताउँछन् । एक जमिन्दारलाई कारवाही गर्न जादाँ उसले प्रहरी बोलाएर सुराकी गरेको र तिनै जमिन्दारको छोरो (जो नेपाली सेनामा हवल्दार थियो) उसलाई साथीहरुले पक्रेर ल्याउदा ससम्मान घर सम्म पू¥याएर आर्दशवादको परिचय दिएका रहेछन् उनले । 

डेढ साल पछि २०५६ सालमा उनीहरु पून दुबै वागलुङ मै संगै बसेछन् । पून १ छोरो भएछ । छोरो पनि भूमिगत नै भएको र १ सन्तान गुमाइसकेकोले उनीहरु आफ्ना बच्चा प्रति एकदमै ख्याल गर्दथे रे । त्यस बिचमा पनि उनले पार्टीका लागि थुप्रै राम्रा गरेछन् ।


छापामार समयमै रोल्पा कै एक लडाकु संग जनवादी विवाह गरेका उनी संग–सगै एकै मोर्चामा बसेर लडेको अनुभव सुनाउछन् । भूमिगत कालमै बच्चा जन्मिएछ र छोरो १ बर्षको हुदा २०५५ साल फागुनमा सेनाको कारवाहीमा ६ जना अन्य सहपाठी साथै आफ्नो छोरोको पनि हत्या भएको घटना सुनाउदा उसका गला अवरुद्ध थिए । आँखामा आसु टिल्पिलाइरहेको थिए । बोल्दा–बोल्दै भावुक भए र एक डबका छ¥याङ्ग स्वाँटै पारेर ताने अति नै मार्मिक वाक्य बोले । “मेरो छोरो पछि गएर डाक्टर, इन्जिनियर, राजनितिज्ञ, चोर, फटाहा, सेना, मन्त्रि जे पनि बन्न सक्थ्यो होला । त्यो १ बर्षको शिशुलाई यो विषको विरुवा हो यसलाई फाँड्दा हुन्छ” भनेर सत्रुले मारे । आखिर त्यो नवजात शिशुको के दोष थियो होला र भाई भन्दै उनि अति भावुक भए । म पनि उनको त्यस घटनाबाट अत्यन्तै मर्माहत भएँ । उनले पुन प्रसङ्ग थप्दै गए–तत्पश्चात उनकी श्रीमति रोल्पाबाट पार्टीको निर्देशनमा वागलुङ गइन् रे । उनी चाहि रोल्पा मै बसे रे । 

डेढ साल पछि २०५६ सालमा उनीहरु पून दुबै वागलुङ मै संगै बसेछन् । पून १ छोरो भएछ । छोरो पनि भूमिगत नै भएको र १ सन्तान गुमाइसकेकोले उनीहरु आफ्ना बच्चा प्रति एकदमै ख्याल गर्दथे रे । त्यस बिचमा पनि उनले पार्टीका लागि थुप्रै राम्रा गरेछन् । सम्पति जति सबै पार्टीको नाममा चन्दा दिई पूर्ण रुपमा क्रान्तिकारी भई हिडेछन् । श्रीमति पनि बुझकी हुनुहुन्थ्यो रे । यो पूरानो सत्ता नढले सम्म सामन्तिको राज्य नढले सम्म क्रान्ति जारीछ भन्दै उनी रातो फेटा भिरेर युद्ध मैदाना खट्थे रे । त्यस समय उनीहरुको ग्रुपको नेतृत्व हालका एक अत्यन्तै ठुला ब्यक्तीले सम्हाल्थे रे । टपाई पट्याउँनु हुन्न भने हेर्नुस् भनेर पुरानो पर्सबाट एक फोटो निकालेर देखाए । जहाँ हालका एक अत्यन्तै ठुला नेताजी (नाम उल्लेख नगर्ने सर्तमा) को साथमा उनी पनि कम्ब्याट पोसाकमा रातो फेटा निधारमा बाँधि बन्दुक हातमा लिएर उभिइरहेको रहेछन् । मलाई उनको कुरामा अझ बढि विश्वास भयो र टाउको हल्लाउदै गएँ । उ भन्दै गयो । छोरो २ वर्षको भए पछि २०५९ सालमा जुन बेला राज्य पक्ष र विद्रोही पक्ष विच घमासान यूद्ध चलिरहेको थियो रे । 

उनको छोरो विरामी भएछ । विरामी छोरोलाई त्यहीको (क्याम्प भित्रकै) डाक्टरले उपचार गर्दा पनि नभएपछि उनीहरुले शहरमा अस्पताल लाने निर्णय गर्दा पार्टीले यो यूद्धको समयमा मोर्चा छोडेर वाहिर नजान बताएछन् । उनले आफ्नो सन्तानको उपचार गर्न त जसरी पनि जाने निक्यौल निकालेर हिड्नै लाग्दा पार्टीको “चेन अफ कमाण्ड” नमान्ने भन्दै उनी प्रति बक्रदृष्टि लगाउन थालेछन् पार्टीका अन्य साथिहरुले ।


उनको छोरो विरामी भएछ । विरामी छोरोलाई त्यहीको (क्याम्प भित्रकै) डाक्टरले उपचार गर्दा पनि नभएपछि उनीहरुले शहरमा अस्पताल लाने निर्णय गर्दा पार्टीले यो यूद्धको समयमा मोर्चा छोडेर वाहिर नजान बताएछन् । उनले आफ्नो सन्तानको उपचार गर्न त जसरी पनि जाने निक्यौल निकालेर हिड्नै लाग्दा पार्टीको “चेन अफ कमाण्ड” नमान्ने भन्दै उनी प्रति बक्रदृष्टि लगाउन थालेछन् पार्टीका अन्य साथिहरुले । उनीहरुको भाषामा चाहि क्रान्तिको मोर्चामा लागेको मान्छेले आफ्ना अन्य कुराहरुको मतलब राख्नु हुदैन रे । बाउआमा सन्तान सबै मायाजाल हुन् । त्यसले गर्दा अल्झन बढि हुन्छ र क्रान्ति विफल हुन्छ रे । उनले यसो भनिरहदा आक्रोशित भाव देखिन्थ्यो । आखा रात–राता पार्दै मलाई भने “भाई ब्याएको गाईलाई पो थाहा हुन्छ, नब्याएको के थाह ब्याउँदाको पिडा” । 

तसर्थ उनले पार्टीको ह्वीप लाई अटेर गरी उपचारका लागि छोरोलाई काठमाण्डौ कान्ति वाल अस्पताल ल्याएछन् । साथमा रहेछ केबल ७३०० रुपैया । उपचारमा १,२०,००० लाग्ने र छोरोको मूटुमा समस्या भएको डाक्टरबाट जानकारी पाएपछि उनले पार्टीलाई फोनबाट जानकारी गराएछन् तर ह्वीप उल्लङघन गरेको आरोपमा उताबाटै वास्ता गरिएन रे । त्यहि भएर उनी श्रीमति र विरामी छोरोलाई अस्पतालको आई.सी.यु मा छाडेर पैसा खोज्न निस्किएछन् । तर कुनै उपाय नलागेपछि कसैले नपत्याएपछि उनी काम गर्न पाए पनि गर्ने विचार गरेछन् र अन्य मजदुरहरु भएको स्थानमा पूगी कामका लागि आग्रह गरेछन् । 

तर उनलाई सहयोगको सट्टा भगौडाको आरोप लगाएर कारवाहीको निर्देशन भयो रे । त्यसैले पार्टीमा २ हप्ता कारवाहीको सजाय भोगेपछि उनलाई अव पार्टीमा बसिरहन मन लागेनछ र परित्याग गर्दै घर गएछन् ।


वलम्बुको शसस्त्र प्रहरी क्याम्प (तत्कालिन युनिफाइट क्याम्प) मा सौचालय बनाउने काममा ज्यामी काम गर्ने अवसर मिलेछ । अव जाउ भने चिनेर मार्लान् नजाउ भने छोरो अस्पतालमा छ भनेर साहै« चिन्तित भई सोचे रे । जे पर्ला पर्ला सन्तानको उपचारको लागि ज्यानसमेत दिन सक्छु र जसरी पनि बचाउँछु भनेर काम गर्न थालेछन् । काममा जादा कपाल पूरै खौरिएर गएका थिए रे उनी । घर सोध्यो भने नेपालगंज तिर भन्थे रे । किनकी रुकुम, रोल्पा भन्ने बित्तिकै त्यस समय सबैले माओवादी नै सोच्ने भएकोले आफ्नो पूरै वास्तविकता लुकाएर काम गर्थे रे । विहान ५ बजे महाराजगंज (कान्ति अस्पताल) बाट निस्केका उनी साझ पूनः अस्पतालमै पुग्ने र श्रीमति र छोरोको साथमा बस्थे रे 
। एकदिन काममा जादै गर्दा कलंकीमा लिवाङ्गदेखि काठमाण्डौं चल्ने बसको ड्राइभरलाई भेटेछन् रे अनि उनैलाई १ चिठी पठाएछन् । उनकै माध्यमबाट घरबाट बुबाले सयकडा ३ मा ११०००० हजार ऋण काटेर पठाएपछि आफूले कमाएको रकम समेत गरेर १,२०,००० बनाएर उपचार गराई फर्किएछन् र त्यो सम्पूर्ण बील पार्टीमा लगेर बुझाएछन् – ‘‘मेरो सारा सम्पत्ती मैले पार्टीलाई बुझाएको छु । मलाई यति ऋण लागेको छ उपचारको क्रममा त्यसैले मलाई सहयोग गर्नुप¥यो’’ भनेछन् । 

आफन्तको सहयोगमा उपचार गरी उनी गाउँ नजाने निर्णय गरी श्रीमतिलाई समेत झिकाई काठमाण्डौंमा गई कोठा भाडामा लिएर केहि समय आराम गरेछन् र पछि फर्निचर मिलमा आरा तान्ने काम गर्न थालेछन् ।

तर उनलाई सहयोगको सट्टा भगौडाको आरोप लगाएर कारवाहीको निर्देशन भयो रे । त्यसैले पार्टीमा २ हप्ता कारवाहीको सजाय भोगेपछि उनलाई अव पार्टीमा बसिरहन मन लागेनछ र परित्याग गर्दै घर गएछन् । घर पुगेको २ दिन पछि नै नेपाली सरकारी फौजले उनको घरमा छापा मार्न पुगे रे । त्यसबाट उनी भाग्न सफल भएछन् । तर भाग्दा सरकारी फौजले हानेको ग्रिनेटको छर्रा लागेर उनको आँखा भन्दा थोरै माथिको भागमा ठूलो चोट लागेछ र खुट्टाका २ वटा औला समेत गुमाएछन् । धन्न ज्यान चाहि बचाएर उनी राती राती दाङ आइपुगेर भोलीपल्टै बुटवल आफन्तको घरमा धाइते शरीर लिई पुगेछन् । 
आफन्तको सहयोगमा उपचार गरी उनी गाउँ नजाने निर्णय गरी श्रीमतिलाई समेत झिकाई काठमाण्डौंमा गई कोठा भाडामा लिएर केहि समय आराम गरेछन् र पछि फर्निचर मिलमा आरा तान्ने काम गर्न थालेछन् । उनी पार्टीको नजरमा भगौडा र राज्यको नजरमा देशद्रोही एबं आतंकारी थिए । आफ्नो परिचय लुकाएर श्रीमान् श्रीमति सोही स–मिलमा मजदुरी काम गर्दै बच्चा हुर्काएछन् । उनलाई बुर्जुवा शिक्षा बहिष्कार गराउन प्रेरित गर्ने ठूला–ठूला नेता सबैकोमा पुगेछन् । अधिकांशले नचिनेको व्यवहार गर्ने गर्दथे रे काठमाण्डौंमा । किनकी त्यस समयमा उनीहरु धेरै ठूलो मानिस भइसकेका थिए रे । 

यि सब अन्याय खेपेका उनी र उनको श्रीमतिसंग छलफल गरी खाडीमा गई काम गरेरै भएपनि बच्चालाई उच्च शिक्षासम्म पठाउने निक्र्यौल निकालेर पासपोर्ट बनाई मेनपावर कम्पनीमा दलाल मार्फत एप्लाई गरे तर संयोग उनको पैसा दलालले खाइदिएछ । पछि पूनः श्रीमतिको पासपोर्ट बनाएर एप्लाई गरेछन् र उनकी श्रीमति बैंदेशिक रोजगारको सिलसिलामा कुवेतमा पठान सेठको घरमा घरेलु कामदारको रुपमा कार्यरत हुनुहुँदो रहेछ । भर्खरै डेढ वर्ष भयो रे उहाँ उता जानुभएको । छोरोलाई दाङको घोराही भन्ने ठाउँमा एक बोर्डिङ्ग स्कूलमा बोडर्स गरेका रहेछन् । आफू सतुङ्गल, काठमाण्डौंको इट्टाभट्टामा इट्टा ओसार्ने काम गर्दा रहेछन् र त्यही इट्टाभट्टा भित्रै बनाएको छाप्रोमा उनी बस्दा रहेछन् । 

राज्यसँग, पार्टीसँग एबं समग्र समाजसँग उनको ठूलो गुनासो छ । उनले क्रान्तिका लागि समर्पण गरेको त्यागले उनको परिवारलाई केहि फाइदा पुगेन नै तर अन्य शोषित पिडित सर्वसाधारणलाई के फाइदा पुग्यो त ?


राज्यसँग, पार्टीसँग एबं समग्र समाजसँग उनको ठूलो गुनासो छ । उनले क्रान्तिका लागि समर्पण गरेको त्यागले उनको परिवारलाई केहि फाइदा पुगेन नै तर अन्य शोषित पिडित सर्वसाधारणलाई के फाइदा पुग्यो त ? जति पनि ठूला ठाउँमा पुगेका मन्त्री बनेका र चर्चामा आएका व्यक्तिहरु छन् । ती प्रयाजसो शान्ति स्थापना पश्चात् पार्टीाम टिका लगाएर छिरेका ‘टिके ठेउके’ हरु हुन् रे । क्रान्तिमा लाग्ने सच्चा सिपाहीहरु त कि मारिए, कि ४/५ लाख दिएर घर पठाइए , कि अपाङ्गता भएर जीवन जिइरहेका छन् कि त उनी जस्तै दैनिक मजदुरी गर्दै जीवन निर्वाह गर्दै छन् रे । उनले एकपटक हालका उपराष्ट्रपति र सभामुखलाई भेट्न गएछन् । पद वहाल भएपछि धेरै सुरक्षा गार्डहरुको माझमा रहने कारण ४ घण्टा कुरे पनि ‘‘दर्शनभेट’’ नपाएकोले आइन्दा भेट्न नजाने बताउनछन् । 
उसले अहिलेका धेरै ठुला-ठुला कमरेड देखी सबैभन्दा ठुला नेताजी हरु सँग भेटेर आफ्नो पिडा ब्यथा पोख्न धेरै पटक उनिहरुको हबेली नपुगेको कहाँ हो र ? तर सत्ता-राजनितीमा आएपछी उनिहरु महराजाका उपल्ला माहाराजा भइसकेको ले दर्शनभेट गर्न दुइ चार मिनेटको समय कहिलयै दिएनन रे । अनि धेरै कोशीस गर्दा पनि पहिला सँग-सँगइ खाना खाएका कमरेड हरुले देख्दा पनि नदेखेको जस्तै गरी अर्को पट्टी मुन्टो बटारेर हिड्ने गरेको कारणले गर्दा त्यस उप्रान्त उनिहरुलाई कदापी नभेट्ने बताए, थप भन्दै गए, केहि अघी सम्म सर्बहारा बर्गको कुरा उठाएर त्यस स्थान सम्म पुगेका त्यी ठुला कमरेड अहिले उनी जस्ता युद्द पिडितलाई वास्ता नगरेको, भेट्न जादा ढोकामा घण्टौ कुर्दा पनि भित्र ब्यापारी हरुसँग ‘बिजनेस डिल हुँदैछ, पछी आउनु’ भनेर जती पटक पुगे पनि त्यस्तै उत्तर आएकोले आफैलाई धिक्कारेर “थुइक्क ! धिक्कार ! म र आफु जस्ता सोझा सिधा जनता को त्याग र तपस्या “ भनेर आफैलाई सराप्दै इटाभट्टा फर्किएको बताए । 

आफु र आफु जस्ता सिधा सोझा जनता हरु ले गरेको सच्चा क्रान्ती केवल उनिहरु लाई सत्ता मा पुग्ने भर्याङ भएको ले त्यो भर्याङ लाई अहिले बिर्सेको पाप पक्कै कराउछ भाइ भन्दै अलि ठुलो स्वर मा जङ्गिए ।

आफु र आफु जस्ता सिधा सोझा जनता हरु ले गरेको सच्चा क्रान्ती केवल उनिहरु लाई सत्ता मा पुग्ने भर्याङ भएको ले त्यो भर्याङ लाई अहिले बिर्सेको पाप पक्कै कराउछ भाइ भन्दै अलि ठुलो स्वर मा जङ्गिए । एक दिन ‘मे एक तारिक’ को दिन खुल्लामन्चमा त्यही ठुला कमरेडले “हाम्रो क्रान्ती जारी छ , देशी बिदेशी प्रतिकृयाबादीले शिर उठाउदै छन्, त्यसैले तपाइहरु पुन्: अर्को क्रान्तीको लागी तयार हुनुहोला” भनेर आदर्शबादी भाशण गरेर पुन सिधा सोझा जनताहरुलाई ‘इमोसनल्ली ब्लाकमेल’ गरेको देख्दा आफ्नो ‘कन्सीरीको रौ’ तातेको तर आफुलाई सम्हालेर त्यो आमसभाबाट निस्किएको आखा राता राता बनाएर बताउदै गर्दा ऊ आफ्नो पूर्ववत नेतृत्वकर्ता प्रती अत्यन्तै रुस्ट रहेको सहजै अनुमान लगाउन सकिन्थ्यो । 

‘‘अब उहाँहरु ठूला मान्छे भइसक्नु भएको छ भाई, उहाँहरु हिड्डा पनि हामीलाई पुलिसले सडकमा उभिन त के सिधा आँखाले हेर्न समेत दिदैनन् , धेरै पुलिसहरुको स्कटिङ्गमा हिड्ने हुनाले” भेट्न जादा उहाहरुको दर्शन भेट पाउनै गार्हो, यदी बढो मुश्किलले भेटिइ हालेमा औपचारिकता पुरा गरी यसो बोलिदेको जस्तो गर्ने, “हुन्छ हुन्छ भन्ने अनि खिसिक्क हासेर टार्ने” प्रबृती मात्र देखाउने हुँदा आइन्दा तिनिहरुलाई भेट्न नजाने कुरा गर्दै आखा राता-राता पार्दै एक गिलास पुन स्वाट्ट तान्यो र थप भन्यो – उनिहरु ले  जे भन्छन मैले त्यही गरे , सतर्क भने सिधा भए , गोडा फाड भने गोडै फाडे, दाया घुम भने त्यसै गरे, बाया घुम भने, बायै घुमे । बैङ्क फोडिदेउ क्रान्ती को लागी भने, त्यो पनि गरिदिए र उनिहरु लाई पुरै थैली बुझाइदिए ताकी पक्कै क्रान्ती सफल हुन्छ होला भनेर । जे पाए, सबै उनिहरु ले नै कुम्ल्याए छन्, 
हाम्रो जिवनको पुरै समय समर्पित गरेर क्रान्तीमा होमिदा उनिहरु हामीलाई यत्ती सम्म एकोहोरो बनाइदिए कि, उनिहरु जतिको जाती र राम्रो मान्छे अरु कोही लगेन । उनिहरुको बोली अमृतबाणी लाग्थ्यो, उनिहरु को सधै देवत्वकरण गरियो तर जव क्रान्ती सफल भयो अहिले उनिहरु कै एउटै घरका जहाँनिया शासन गर्न थाले, छोरा, छोरि, शृमति, ज्वाइ , बुहारि, हरुले सत्तामा हालिमुहाली गर्दै छन ।  

हातको ठेला देखाउछन् – अधिकांश ठेला फुटेर दह्रो (रफ) भइसकेको छ । उनी पसिनामा विश्वास राख्छन् र गर्वसँग भन्छन् । पून मगर हुँ म भाई, मगरको छोरोले कहिलै छलकपट गर्न जान्दैन र अरुको अगाडी भिख माग्न जान्दैन बरु भोकै बस्छ ।

हातको ठेला देखाउछन् – अधिकांश ठेला फुटेर दह्रो (रफ) भइसकेको छ । उनी पसिनामा विश्वास राख्छन् र गर्वसँग भन्छन् । पून मगर हुँ म भाई, मगरको छोरोले कहिलै छलकपट गर्न जान्दैन र अरुको अगाडी भिख माग्न जान्दैन बरु भोकै बस्छ । राजनिटि भनेको ढोका हो । (राजनिति भनेको धोका) भाई भन्छन् र “अव त राट पनि परिसक्यो , भोली ४ बजे डेखि उठेर इट्टा बनाउनु पर्छ टेसैले अव विडा भए” भनेर जुरुक्क उठ्छन् । हिड्नै लाग्दा मैले “अब तपाइको ठुला नेता सँग के भन्नु छ त दाई” भनेर जिज्ञासा राख्दा उसले भन्यो – भाइ यत्ती भनिदिनुस कि , “तिमी सफल अनि म चाही असफल के कारणले अयोग्य भए त कमरेड” भनेर प्रश्न रखिदिनुस है भाई भन्दै  हात मिलाउछन् र त्यहाबाट जान्छन् । 
म सोचमग्न हुन्छु र कोठामा पुगेर सम्झिए उनै जुझारु सिपाहीलाई । राजनितिले के नै पो दियो र उनलाई, प्रताडना, दुःखका सिवाय । उनले भनेको कुरा सुन्दा लाग्छ जति पनि मानिस द्धन्द्ध पछि चर्चामा आएका छन् । उनीहरुमा वास्तविक क्रान्तिकारीहरु कमै छन् । अधिकांश अवसरवादी मात्रै छन् । सच्चा त्याग र जीवन अर्पण गर्नेहरुको मोल रहेनछ । उसको वोली, शब्द, वाक्यमा छलकपट देखिन्नथ्यो । उ अत्यन्तै मृदुभाषि थियो । उसले सानो उमेर मै क्रान्तिको विगुल फुक्यो, पढाई त्याग्यो, अन्यायलाई टेरेन, सामन्तिलाई घुँडा टेकायो, क्र्रान्तिको दौरान आफ्ना शरीरका अंगहरु गुमायो, राज्यसँग दुस्मनी मोले, समाजका जेठा बा, द्धारेबा, जिम्बल बा सँग दुस्मनी मोले, नवजात शिशु गुमायो, आफन्त गुमायो, समाजबाट टाढा पुग्न विवश भयो, राज्य संग दुश्मनी मोल्यो । 

सारा सम्पत्ति पार्टीलाई बुझाए, सात कक्षा पढ्दै गर्दा किताब च्यातेर बर्जुवा शिक्षा बहिस्कार गर्दै हिडें, विभिन्न मोर्चामा अग्रणी भूमिकामा प्रस्तुत भए, युद्धमा दुस्मनलाई समेत अन्याय हुन दिएनन् । मानविय संवेदनशीलताको प्रयोग उचित थियो । तर बदलामा के पाएछ त …….??  केवल पायो त ‘द्धन्द्धका नमेटिने घाउका दागहरु’ । अनमिनको स्तरीकरणमा समेत उनको नाम सिफारिस भएन । उनी माथी भगौडा र सुराकीको आरोप लाग्यो । तर उनले आफ्नो सन्तानको उपचारमा जादा भगौडाको ट्याग भिर्न पुगे अन्ततः उनी अयोग्य घोषित भए । 

उ यस माया समाजको दश्मनी थियो किनकी उ इमान्दार थियो । उ पनि राजधानी मै बस्छ उनीहरुसंग क्र्रान्ति गर्ने अन्य टाठा–बाठा नेताहरु पनि राजधानी मै बस्छ,………… तर फरक यति छ कि, उ इट्टाभट्टाको अस्थायी गाह्रो माथि प्लाष्टिकले ढाकेको झुपडीमा बस्छन् अन्य टाठा बाठा भने शहरका महंगा–महंगा अर्पाटमेन्टमा बस्छन् अरु चिल्लो पेरिस मार्वल माथि महंगो कार्पेट माथि हिड्छन् भने उनी पूराना कार्टुन च्यातेर ओछ्याएको डसनामा सुत्छन् ।

उ यस माया समाजको दश्मनी थियो किनकी उ इमान्दार थियो । उ पनि राजधानी मै बस्छ उनीहरुसंग क्र्रान्ति गर्ने अन्य टाठा–बाठा नेताहरु पनि राजधानी मै बस्छ,………… तर फरक यति छ कि, उ इट्टाभट्टाको अस्थायी गाह्रो माथि प्लाष्टिकले ढाकेको झुपडीमा बस्छन् अन्य टाठा बाठा भने शहरका महंगा–महंगा अर्पाटमेन्टमा बस्छन् अरु चिल्लो पेरिस मार्वल माथि महंगो कार्पेट माथि हिड्छन् भने उनी पूराना कार्टुन च्यातेर ओछ्याएको डसनामा सुत्छन् । कोहि ३ लाखको पलङ्गमा टिम्वा सिरक भित्र सुत्छन् भने उ जाडो नहोस् भनेर जिउ तताउन लोकल रक्सी खाएर सुत्छ । ऊ पनि विहानै आफ्नो झुपडीबाछ निस्किएर गाडीमा चढ्छन् अन्य टाठा बाठा नेताहरु पनि त्यति नै बेला सायद घरबाट निस्केर गाडीमा सवार हुन्छन् । फरक यति हो कि उ गाडीमा विहानै इट्टा लोड–अनलोड गने चढ्छ भने अरु चाहि विहानको एक्सरसाइज गर्न जिम हल जान लाई चढ्छन् । शहरमा नेताका सन्तानहरुलाई देख्दा लाग्छ सबै छोटा राजकुमार हुन् । उनीहरुको बुवाहरुले राज्य चलाइरहेका छन् । तर पून सोच्छु उनकै बारेमा जसलाई सन्तानको उपचारमा जाँदा कारवाही गरियो रे । “क्रान्तिमा लम्किएको राता सिपाहीले आफ्ना आफन्त, नातागोता, सम्बन्ध इत्यादिको झंझरमा फस्नु भनेको क्रान्ति सफल नहुनु हो” रे । 

कस्तो अचम्म कुुरा यदि त्यसो हो भने ठूला–ठूला नेताहरुका कति जना सन्तानहरुले प्रत्येक्ष जनयूद्ध लडे त ? प्रत्येक्ष यूद्ध लडि कति नेताका छोराछोरीले वलिदान गरे त ? यी यावत विषय वस्तुको अलग्गै समिक्षा हुनु जरुरी छ । यसो गाँउघर तिर हे¥यो, हिजोका दिनमा अन्य पार्टीको झण्डा बोकेर हिडनेहरु शान्ती स्थापना पश्चात पार्टीमा टिका लगाई छिरेहकाहरु आज, सबभन्दा सच्चा क्रान्तिकारी कहलिएका छन् । बोल्दा, पढ्दा, खादा सुत्दा, रुँदा हाँस्दा हरेक शब्द–शब्दमा कम्युनिजमको भाषा बोल्छन् । 
बोल्ने हरेक अनुच्छेदमा कही न कही  कम्युनिजमको भाषा बोल्छन । प्रसङ्ग अरु तिर भए पनि उसले चाही धेरै जान्ने सुन्ने भइ टोपल्न कुरा गर्दा कहि न कहि सामन्तवाद, अधिनायकबाद, पूजिबाद नोकरशाहीतन्त्र, दक्षिणपन्थ, यथास्थितिवाद, समर्पणवाद, अधिनायकवाद, निरंकुशतन्त्र, संसोधनवाद देखि रुसो र मुसोलिनीको प्रसङ्ग फलाक्छन । अक्टोबर क्रान्ति देखि चीनिया क्रान्ति सम्म, लेण्डुप दोर्जे देखि फिडेल क्रास्टो, चे ग्वाभाराको उत्थान देखी होस्नी मुबारकको पतन सम्मै, सद्दाम हुसैनको शशन देखी  भुट्टोको हत्या सम्मका नाम तिथी मिती कण्ठ गरेर बसे बसेका हुन्छन । थाह होस् या नहोस् माथी उद्गारित हरेक वाद र तन्त्रको व्याख्या गर्न थाल्छन् । 

नीहरु जति शुद्ध क्रान्तिकारी अरु कोहि छैनजस्ता रवाफ देखाउनमै माहिर हुन्छन् । सरकारबाट प्राप्त सूचना तथा सेवासुविधा पहिला उनीहरुकै हातमा आइपुग्छ । अनि उनीहरुले सिफारिस नगरी अरुले सेवा सुविधाबाट समेत वञ्चित हुनुपरेको अवस्था एकातिर छ,

उनीहरु जति शुद्ध क्रान्तिकारी अरु कोहि छैनजस्ता रवाफ देखाउनमै माहिर हुन्छन् । सरकारबाट प्राप्त सूचना तथा सेवासुविधा पहिला उनीहरुकै हातमा आइपुग्छ । अनि उनीहरुले सिफारिस नगरी अरुले सेवा सुविधाबाट समेत वञ्चित हुनुपरेको अवस्था एकातिर छ, उ जस्तै अयोग्यताको पगरी गुथाएका धेरै तत्कालिन सिपाहीहरु अहिले बिप्लब माओवादीको बिध्वङ्सात्मक गतिबिधीमा लागेका छन्, इरादा के छ त्यो त थाह छैन्, तर उनको तरिका सही छैन । जुन अत्यन्तै गलत हुँदैछ । 

अर्कातिर जीवनलाई क्रान्तिमा होम्ने पून मगर दाईलाई उनकै आफ्ना पार्टीले अनि राज्य साथै प्रमाणिकरणको अधिकार पाएको अन्तराष्ट्रिय निकायले गरेको बेवास्ता अनि झुण्डयाइ दिएको ट्याग लाई सम्झदा लाग्छ नेपाली शब्दकोषमा “अयोग्य” भन्ने शब्दको अर्थ नै परिवर्तन गर्न जरुरी छ नत्र तिनलाई कसरी अयोग्य लडाकु भनियो त ? के–के अर्थमा उनी अयोग्य थिए त ? यसको तर्क के त ? “कमरेड ! तपाइ योग्य तर आफ्नो सबै गुमाएको मगर दाइ चाही कसरी अयोग्य भए ?”