पाँच हाइकू : मजदुर दिवस विशेष

पेशल आचार्य


१. नाजवाफ छ
आज मे दिवसमा
बालुवाटार !

….
२. लकडाउन
बुद्धिको भयो यहाँ
राहत छैन ।


३. गरिबी गीत
अब बज्ने भए लौ
संसारभरि !


४. भोकको ज्वाला
मतपत्रले किन
छोप्छ र भन्या ?


५. मानिस भयो
प्रकृति दोहनले
महाराक्षस ।