मे दिवसको संघारमा मजदुरको बिजोक


हामी मे दिवसको संघारमा छौ, मे एक । मजदुर दिवस । भब्यताका साथ मनाउन पाइएन, किनभने कोरोनाका संक्रमणका कारणले विश्व आक्रान्त छ । कोही भेला हुन पाएनन तापनि मनमा मजदुरको गीत गुन्गुनाएर संसारका अरबौ मजदुरहरु आज आशु पिएर हाँसी रहेका होलान् । विश्वका मजदुरहरुले आफुलाइ दासबाट मानिस बनाएको दिनको अवसरमा मनाउने मे दिवस । माक्र्सले भन्नुभयो, विश्वका मजदुरहरु एक हौं । माक्र्सका अनुयायी लेनिनले कार्यरुप दिन कोशिष गरे । मजदुर दिवस मनाउन सुरु भयो । हामी पनि त्यही अनुरसरण गर्दैछौ ।

दिवस मात्रै केही होइन, त्यसले बोकेको मर्मको कार्यान्वयन मुख्य कुरा हो । आज हामी संसारभरका मजदुरहरुलाइ कोरोनाका कारणले संकटमा पारेको अवस्थामा छौं । तैपनि शुभकामना दिन चाहन्छौं ।


नेपालमा यो संयोग हो, माक्र्सबाद निसृत संसारका सिद्धान्तहरुको समायोजन छ सरकारमा । माक्र्सबादी,लेनिनबादी, माओबादी (जुछे बिचारधारा बाहेक) को प्रचण्ड दुइ तिहाइको सरकार छ । यो घडीमा नेपालका मजदुरहरुले माक्र्स, लेनिन र माओले भन्नु भए जस्तै सिद्धान्तलाइ अव हामी ब्यबहारमा हेर्नुपरयो भनेर सोध्ने हक राख्दछन्? के सरकारलाइ निर्माण गर्ने ती हरेक मतदाताहरुलाइ यो बारेमा खोजी गर्न यो मे दिवसले प्रेरणा देलात?
दिवस मात्रै केही होइन, त्यसले बोकेको मर्मको कार्यान्वयन मुख्य कुरा हो । आज हामी संसारभरका मजदुरहरुलाइ कोरोनाका कारणले संकटमा पारेको अवस्थामा छौं । तैपनि शुभकामना दिन चाहन्छौं । नेपालबाट ६० लाख भन्दा बढी हाम्रा युवायुवती देश भित्र रोजगारीको अवसर नभएका कारण ४५ डिग्रीको तातो घाममा काम गरेको अवस्था छ । परिवारको दैनिक आवश्यकता पुरा गर्न पनि नेपालमा कुनै सम्भावना नभएपछि उनीहरुले त्यो कठोर निर्णय लिएका हुन् । त्यो उनीहरुको इच्छा होइन, बिवशता हो ।
देश भित्रै सम्पुर्ण मजदुरहरुको जीवन कष्टकर भएको छ । बिशौ दिन लगाएर साना साना नानीहरु लिएर आफ्नो गाउँ जानु परेको छ, त्यहा गएर पनि खानाको प्रबन्ध कसरी होलार? भए न खाने हो, आफुले उमार्न अर्को ५ महीना लाग्नेछ । जमिन भए । नभए त्यो पनि छैन । अहिले कोही बल्ल बल्ल घर पुगेका होलान् । कोही बाटोमा नै होलान् । कोही लकडाउनका कारण पहिले कै स्थानमा होलान् । खान नपाएर छटपटिएका होलान् । उनीहरुको राहतका कुराहरु धेरै सुनिएको छ । देशको पैसा धेरै खर्च भएको छ। तापनि फाटफुट रुपमा पुर्वाग्रह भयो भन्ने सुनिन्छ । खाश आवश्यकता भएकोले पाएनन् भन्ने समाचार पनि सुन्नमा आउछ । मतलव कुनै बैज्ञानिक आधारतय गरेर यो भइरहेको छैन कि जस्तो लाग्दछ । यसको मुख्य कारण हामीले पहिल्यै नै यो तथ्यांक बनाउन प्रयत्न गरेनौ । यो भवितब्य परयो भने के गरि समाधान गर्ने भन्ने योजना बनाएनौं।

देशको पैसा धेरै खर्च भएको छ। तापनि फाटफुट रुपमा पुर्वाग्रह भयो भन्ने सुनिन्छ । खाश आवश्यकता भएकोले पाएनन् भन्ने समाचार पनि सुन्नमा आउछ । मतलव कुनै बैज्ञानिक आधारतय गरेर यो भइरहेको छैन कि जस्तो लाग्दछ ।


हाम्रा श्रमजिवी नागरिकहरु अहिले बिदेशमा कोरोनाको प्रकोप र अव काम नपाइने भो भन्ने शारिरीक र मानसिक पीडा दुबै लिइ बाँचिरहेका छन् । रेमिटयान्सले देश धान्यो, धेरै वर्ष । हामी रमायौं । चाहिदो नचाहिदो बिलासिताका लागि पनि खर्च गरयौ । तर ती मजदुर मित्रहरुलाइ देशमा नै रोजगारीको अवसर सृजना गरेर राख्नु पर्छ भन्ने योजना बनाएनौ, ब्यबस्था गरेनौं । ती हाम्रा स्वाभिमान नागरिकहरु जो ढाँटी छलि खानु हुन्न, भनेर बरु शहीद हुइने भएपनि बिदेश बसेका छन् । परिवारको जीवन धान्नका लागि । जो सरकारको मुख्य जिम्मेबारी हो । त्यो उनीहरुले बहन गरिरहेका छन् । आखाँ अगाडि साथीको लास बाकसमा राखेर पठाउदा पनि बिबशताले काम गरिरहेका छन् ।आज कोरोनाको प्रकोपले गर्दा संसारमा आर्थिक मन्दी भएको छ । अव धेरैका संख्यामा बेरोजगारहरु हुनेछन् । उनीहरु घर फर्कन बिबश हुनेछन् । यहा देशमा उनीहरुको लागि हामीले के बन्दोबस्त गर्दैछौ? उनीहरुलाइ देश भित्र्याउन के प्रबन्ध गरेका छौं? आज मजदुर दिवसको दिन यो यक्ष प्रश्न हाम्रो सामु छ ।

कोरोनाका कारण बिचल्लीमा परेका हाम्रा स्वदेश र बिदेशका मजदुरहरुको लागि । यदि उनीहरुको पीडालाइ आत्मसात गरेर मलम लगाउन सकियो भने हामी सबैको कल्याण हुनेछ र उनीहरुको लाखौ आत्माहरुले हामीलाइ आशिर्वाद दिनेछन् ।


राजनीतिका सिद्धान्तहरु चिसा अक्षरहरु हुन्, जो कार्यान्वयन हुदैनन भने निर्जिव हुन् र कोरा कल्पना हुन् । कोरा कल्पना र राता काला अक्षरहरुले पक्कै पनि मजदुरहरुको पेट भरिनेछैन । देशको अहिलेको राजनीतिलाइ मजदुरहरुको यो बिशतता, बाध्यता र अवस्थाको बारेमा चिन्ता गर्ने फुर्सद छैन जस्तो बुझिन्छ । यद्यपी सरकारले मजदुरहरुकै कल्याणका लागि बोकिएको राजनीतिक सिद्धान्तलाइ धारण गरेको छ । आज मे दिवसको दिन कृपया यो अनुरोध छकि सबै नेपाली जनताका तर्फबाट, सीप भएका पसिना र रगत खर्चेर आफ््नो स्वाभिमानलाइ बेच्न नचाहने ती मजदुरहरुका लागि सबै ब्यस्तताका बाबजुद पनि एक छिन समय निकालेर बिचार बिमर्श गर्नु होला । कोरोनाका कारण बिचल्लीमा परेका हाम्रा स्वदेश र बिदेशका मजदुरहरुको लागि । यदि उनीहरुको पीडालाइ आत्मसात गरेर मलम लगाउन सकियो भने हामी सबैको कल्याण हुनेछ र उनीहरुको लाखौ आत्माहरुले हामीलाइ आशिर्वाद दिनेछन् ।
(लेखक नेपाली कांग्रेस, रामेछाप, पुर्ब महासमिति सदस्य हुनुहुन्छ ।)