रामेछापबाट धुलिखेल पठाएको दुबै रिपोर्ट नेगेटिभ

वैशाख, १९

रामेछाप । रामेछाप जिल्ला अस्पतालबाट गएको बुधबार धुलिखेल अस्पताल उठाएको दुबै रिपोर्ट नेगेटिभ आएको छ ।

बिहिबार २८ वषिय एक पुरुषको रिपोर्ट नेगेटिभ आएकोमा शुक्रबार ३६ वर्षीय महिलाको रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु दुबैको रिपोर्ट नेगेटिभ आएका हो । जिल्लामा शँका लागेर थप जाँचको लागि धुलिखेल पठाएको थियो ।

यता जिल्लामा हाल सम्म १ सय ८६ जनाको र्यापिड डाइनेष्टिक रिपोर्ट पनि नेगेटिभ आएको छ ।

१ सय ८६ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । अहिलेसम्म ४० जना महिला र १ सय ४६ जना पुरुष गरी १ सय ८६ जनाको आरडीटी प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका निमिक्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभएको हो ।