रामेछापमा ईन्टरनेट सेवा अवरुद्ध

वैशाख, १९

फोटो संकेतिक

रामेछाप । रामेछापको मन्थली बजार आसपासका क्षेत्रमा नेपाल टेलिकमको ईन्टरनेट तथा टेलिफोन सेवामा समस्या आएको छ । शुक्रबार बिहान ९ बजेदेखी ईन्टरनेट आउने, जाने, राम्रो काम नगर्ने भएको हो ।

दोलखाको चरिकोट बजारदेखी मन्थलीसम्म ल्याएको नेपाल टेलिकमको टेलिफोन तथा ईन्टरनेटमा समस्या हुदा जिल्लाका संचारमाध्यम, सरकारी तथा गैरसरकारी कार्यलयको काममा समस्या भएको छ । स्थानीयहरु समस्यामा परेका छन् ।

विगत केही दिनदेखी परेको पानीले निमार्णको प्रक्रियामा रहेको नेपाल टेलिकमको नेटमा समस्या भएको टेलिकमका जिल्ला शाखा प्रमुख विष्ण भण्डारीले जनता भ्वाईसलाई जानकारी दिनुभयो । उहाँले जनता भ्वाईसलाई भन्नुभयो– ईन्टरनेटको फाईबरमा समस्या आएको हो । तर काँहा समस्या भयो भन्ने यकिन हुन सकेको छैन, त्यसैले काठमाण्डौबाट प्राविधिकहरुको टोली आउदै हुनुहुन्छ,अनुसन्धान गरेर चाँडै समाधान हुन्छ ।