७६-८० करोडको राहत अझै जनता माझ आको छैन

..

७६-८० करोडको राहत अझै जनता माझ आको छैन
हिड्दै छन भोकै र खाली खुट्टा देख्दा निद लाको छैन

.

भनाई र गराईमा समरुपता भएन ठुला भनाउदाहरुको
दु:खि गरिबले पाउनुपर्ने राहत अझै नि केही पाको छैन

.

दुखी गरिब नभनी सेवा गर्नेलाई समात्छन हाम्रै देशमा
साना ठुला बराबर भो भन्थे तर आजसम्म भाको छैन

.

बलत्कारी लुटेरा घुसखोरि हरु लाई बरु सुरक्षा दिन्छ्न
केही गर्छु भन्नेले ढुक्कसङ्ग बसि खान पनि खाको छैन

.

७६-८० करोडको राहत अझै जनता माझ आको छैन
जता हेर्यो उस्तै छ बि-चल्लि मनमा शान्ती लाको छैन

गजल, यमबहादुर मगर, पर्वत हाल प्रवास