ओखलढुंगामा भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि

वैशाख,२०, प्रवीण मुनाल,

फोटो सांकेतिक,

ओखलढुंगा । ओखलढुंगामा भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि भएको छ । रोजगारीको सिलसिलामा भारत गएर घर फर्केका चिशंखुगढी गाउँपालिका–७ माम्खाका करिब ४२ वर्षिय विष्णु कार्कीको बुधबार मृत्यु भएको थियो ।

बुधवार दिउसो अचानक उच्च ज्वरो आए संगै स्वास फेर्न गाह्रो भएको र मुटु दुख्यो भनेर परिवारलाई बताएका उनलाई उपचारका लागि जिल्ला अस्पताल रुम्जाटारमा ल्याउदै गर्दा बाटामै उनको ज्यान गएको थियो ।


उनमा कोरोना भएको हुन सक्ने आंशंकामा स्वाब परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौं पठाईएको थियो ।
त्यहाँ गरिएको परिक्षणमा आज उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिएका छन् । आरडीटी परिक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

कार्कीको परिवारलाईका सबै सदस्यदलाई गाउँपालिकाले निर्माण गरेको वारेन्टाईनमा राख्ने भनिए पनि नमानेपछी होम क्वारेन्टाईनमा बस्न लगाईएको थियो ।


यसैबिच ओखलढुंगामा हालसम्म पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको व्यक्तिको संख्या १० पुगेको छ भने आरडिटि विधिबाट २ सय ३८ जनाको कोरोना परिक्षण भएको छ ।

हालसम्म उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख सुमन तिवारीले बताएका छन् ।