नेकपा सचिवालय बैठक सर्यो

बैशाख २०,

फोटो सु्र्य थापाको टुइटरबाट (यसअगिको बैठकको )

काठमाडौं । नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक शनिबार साँझ ५ः३० बजेको लागि सारिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यध्क्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक ५ः ३० बजे बस्ने जानकारी दिनुभएको हो ।

यसअघि बैठक चार बजे बस्ने भनिएको थियो । समय परिवर्तनबारे भने थापाले केही खुलाएका छैनन् ।

यो पनि पढनुहोस्
नेकपा सचिवालयको बैठक आज अपराह्न ४ बजे बस्ने, नेताहरु परामर्शमा व्यस्त

बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आजै उपाध्यक्ष वामदेव गौतम ओली भेट्न बालुवाटार पुगेका थिए । यसअघि बुधबारको बैठकमा ओलीले गौतमलाई कोरोनापछि प्रधानमन्त्री पद हस्तानतरण गर्ने प्रस्ताव गरेका थिए । साथै सोही दिन वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो वरियताको अध्यक्षका लागि समेत ओलीले प्रस्ताव गरेपनि नेपालले अस्वीकार गरिसकेका छन् । गौतमले भने ओलीको प्रस्तावप्रति सकारात्मक छन् ।