नेकपा सचिवालय बैठक सुरु,प्रचण्डको आसन फेरियो

बैशाख २०,

काठमाडौं । नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरु भएको हो । बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए भने प्रधानमन्त्री र राष्ट्रपतिबीच समेत भेटवार्ता भएको थियो ।

यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनापछिको प्रधानमन्त्री बामदेव गौतमलाई बनाउने र तेस्रो अध्यक्ष माधव कुमार नेपाललाई बनाउने प्रस्ताव गरेका थिए ।

योसहित पार्टीभित्रका विवाद समाधानका विषयमा गम्भीर छलफल बैठकमा हुने बुझिएको छ ।