आज विश्व प्रेस स्वतन्त्रता दिवस

बैशाख,२१

काठमाडौं । आज बिश्व प्रेस स्बतन्त्र दिवस । राज्यको चौथो अगं हो । हरेक वर्षको मे महिनाको ३ तारीखका दिन विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई संझना र सम्मान गर्दै मनाईन्छ । सन् १९९३ को संयूक्त राष्ट्रसघींय महासभाले अनुमोदन गरेपछी यस दिन संसार भरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

तर यो पटक कोरोना भाइरस महामारीले कुनै औपचारीक कार्याक्रम भने आयोजा नगरिने भएको छ । आज नेपाल पत्रकार महासंघले डिजिटन सम्वादको आयोजना गरि मनाइने जनाएको छ । कोरोना महामारीलाइ ध्यानमा राख्दै यो कार्यक्रमको तयारी गरिएको छ ।

सञ्चारका माध्यमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण गर्दै आइरहेका छन् । नागरिकहरुको सुचनाको अधिकार स्वतन्त्रता अनि निष्पक्षताको वकालत गर्ने आजको विश्वमै दर्जन भन्दा धेरै देशहरुमा प्रेसउपर सेन्सर गरिन्छ । यसका साथै आजको दिनले संसारभरिका प्रेसकर्मीहरुलाई प्रेस तठस्तताको पाठ र महत्वको झल्को दिने कार्य गर्दछ ।

पछील्लो दशकमा प्रजातन्त्रको पूर्नआगमन सँगै नेपालमा पनि प्रेसकर्म प्रतीको एउटा उत्साह बढेको छ । रेडियो नेपाललाई शर्टवेभमा मात्र एन्टीना तानेपछी समात्ने नेपाली तरगं आकाशमा आज सैयौको सख्यामा रेडियो केन्द्हरु छन् । त्यसै गरि टीभी, पत्रिका, अनलाईन गरि विभिन्न स्वरुपमा धेरै सञ्चार केन्द्रहरु स्थापना भएका छन् । यो एउटा संचारको विकास हो । तथापि हरेक विकासँगै आउने चुनौतीहरुझै प्रेस स्वतन्त्रता अनि निष्पक्षताका मर्महरु नेपालमा अजै पनि चहिदो रुपमा हुन सकोको छैन । सरकारी ब्यवस्थाका कारण यस्तो अबस्था आएको हो ।

४६ सालको आन्दोलन या १० वर्षे शसस्त्र द्धन्द या ६२/६३ को जनआन्दोलनमा पत्रकारले पाएको सुचना अनि ताजा अपडेटहरु दिनका लागी धेरै जना पत्रकारले पसिना वगाउने, ज्यान जोखिममा राखेर अनि कतिले त ज्याननै गुमाउएका छन ।

नेपालमा मारिएका पत्रकार डेकेन्द्र थापा छन् । त्यस्तै अफगानिस्तानमा मारिने कुनै अन्य देशका पत्रकार तर यसरी प्रेसमाथीको आक्रमणले स्वतन्त्रता र प्रजातन्त्रमाथीनै धावा बोलेको छ । आजको दिनमा पेस स्वातन्त्रता विभिन्न विधेक लगायतमा कारण पेसमाथी सङकोरन न्याउने काम पनि हुनथालेको छ ।

सही, सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न पाउनु आहको आवश्यकता हो ।