‘पापी दुनियाँमा बाँचेकाहरूलाई आफू सिद्धिएर पनि अरूलाई सिद्याउनु छ’

कोरोनाविशेष अन्तर्वार्ता :

डा.सुमन कर्माचार्य
निर्देशक
तामाकोसी सहकारी अस्पताल, मन्थली

(डा.सुमन कर्माचार्य पेसाले चिकित्सक र रूचिले लेखक÷कवि हुनुहुन्छ । वहाँ समसामयिक विषयहरूमा समेत सक्रिय भएर कलम चलाइरहनु हुन्छ । ‘आत्माहरू बुद्ध भए’ र ‘देश दुखेको बेला’ नामका २ वटा कवितासङ्ग्रह प्रकाशित गरिसक्नु भएका कर्माचार्य हाल आफूले स्थानीय र राष्ट्रिय पत्रपत्रिकाहरुमा प्रकाशित भएका प्रतिनिधि लेखहरूको संकलनको पुस्तक,आफ्नै अन्तर्वार्ताहरुको संकलनको पुस्तक र एउटीताइवानी भिक्षुको पुस्तकलाई नेपालीमा अनुवाद गरिरहनु भएको छ । पूरै देश लामो समय बन्दाबन्दीमा रहेका बेला डाक्टर र नर्सहरू यतिखेर हाम्रा भगवान् बनेर रोगका विरुद्धमा फ्रन्टलाइनमा बसेर देशवासीहरूको स्वास्थ्य सेवामा रहनुभएको छ । यस्तो अवस्थामा वहाँको अत्यन्त व्यस्त र अमूल्य समयका बाबजुद पनि हामीले केही प्रश्नहरू हाम्रा सहयोगी लेखक÷साहित्यकार पेशल आचार्यज्यू मार्फत् वहाँलाई सोध्यौं । प्रस्तुत छ सोही इमेल वार्ताको सम्पादित अंश –सम्पादक)

१) डाक्टर साहेब, आरामै हुनुहुन्छ ? यो बेलायहाँ कहाँ र के गर्दै हुनुहुन्छ ?

म आराम नै छु । अहिले म रामेछाप,जिल्लाको सदरमुकाम मन्थलीको तामाकोसी अस्पतालमा छु । जहा म विगत २७ वर्षदेखि आबद्ध छुबीचमा एकवर्ष युएन्मा काम गर्न गएबाहेक म यहीँ नै छु । तर म रामेछाप जिल्लाको स्वास्थ्य सेवामा बसेको चाहिँ ३१ वर्ष भएछ ।
हिजोआज बिहान ९ बजेदेखि ४ बजेसम्म म शनिबार बाहेक अस्पतालमा बिरामीसँग हुन्छु तर लकाडाउनका कारणले बिरामीको संख्या घटेको छ । टाढाबाट बिरामीहरू आउन असम्भव छ ।
बाँकी समय केही लेख्ने कोशिस गर्दैछु । खासगरी मेरा जीवनका बारेमा लेख्न बसेको छु । मेरा जर्मन रोटरीका अभिन्न मित्र डा.जोन एडर्सनले मेरो बाल्यकालीन अनुभव र त्यसले मलार्ई डो¥याएको अहिलेको कर्मका बारेमा चाँडै पुस्तक निकाल्नु प¥यो भनेर अहिले पनि जर्मनबाट घच्घचाई रहनुभएको छ ।

रामेछापमा रहेर काम गर्दा यहाँको समुदायको मप्रति माया र उनीहरूले व्यक्त गर्ने भावनाहरू, कतिले यसलार्ई विभिन्न रङ दिएर गाउँमा काम गर्न रोक्न खोजेका कथा, असल कामहरू असल मन राखेर गर्न खोज्दा पनि कस्ता व्यवधानहरू भोगियो र भोगिँदो रहेछ भन्ने अनुभव

उहाँलाई यो धेरै रोमान्चक लाग्छ रे । यो बीचमा पनि उहाँको दुईवटा मेल आइसक्यो । ‘तँ पहिले जस्तो व्यस्त छैनस्, त्यसैले यही मौका हो लेख्’ भन्नुहुन्छ । म अब मेरो जीवनका आरोह अवरोहहरू, किन मैले मेरो कर्मथलो रामेछाप जिल्ला नै रोजेँ, रामेछापमा रहेर काम गर्दा यहाँको समुदायको मप्रति माया र उनीहरूले व्यक्त गर्ने भावनाहरू, कतिले यसलार्ई विभिन्न रङ दिएर गाउँमा काम गर्न रोक्न खोजेका कथा, असल कामहरू असल मन राखेर गर्न खोज्दा पनि कस्ता व्यवधानहरू भोगियो र भोगिँदो रहेछ भन्ने अनुभव ।

आफ्ना सहयात्रीहरूका मनोविज्ञानहरू, अस्पताल चलाउने बेला र निःशुल्क स्वास्थ्य शिविरहरू चलाउँदा कसरी स्रोतहरू खोजिए, कति अप्ठेरो भयो, त्यसमा पनि कति लान्छनाहरूको सामना गर्नु पर्यो, त्यही कारणले कतिपटक चित्त दुखेर रूनु परयो तर पनि किन मलार्ई यो कर्म गर्न किन मन लागिरह्यो इत्यादि कुरामा लेख्न चाहन्छु । विभिन्न अन्तर्राष्ट्रिय सामाजिक संस्था र एकवर्ष युएन्मा बसेर काम गर्दाका अनुभवका कुराहरू, मेरो राजनीतिक पार्टीभित्र रहेर काम गर्दा त्यहाँका सहयात्री र नेताहरूको मनोविज्ञान र किन हाम्रो देश यस्तो राम्रो व्यवसथा हुँदाहुदै पनि अगाडि बढन सके जस्ता आदि इत्यादि समेटेर लेख्ने कोशिस गर्दैछु तर त्यो लेख्ने बेला भइसकेको छैन जस्तो पनि लाग्छ । यसमा पनि मेरा मित्र पेशल आचार्य र प्रकाश परिष्कारले झक्झक्याई राख्नु भएको छ, त्यसैले कर परेको छ।

स्रोतहरू खोजिए, कति अप्ठेरो भयो, त्यसमा पनि कति लान्छनाहरूको सामना गर्नु पर्यो, त्यही कारणले कतिपटक चित्त दुखेर रूनु परयो तर पनि किन मलार्ई यो कर्म गर्न किन मन लागिरह्यो इत्यादि कुरामा लेख्न चाहन्छु


त्यस्तै अर्को एउटा पुस्तकको अनुवादमा लागेको छु । ताइवानको होल्यानमा एक बौद्ध भिक्षुणी चेंग येन (अहिले उहाँ बौद्धधर्म गुरु हुनुहुन्छ र धेरै आदरणीय हुनुहुन्छ) ले आज भन्दा ४७ वर्ष पहिले चुजी नामको एउटा संस्था स्थापना गर्नु भएको रहेछ, उहाँको उमेर २३ वर्षको हुँदा । उहाँका धेरै पुस्तकहरू छन्, अङ्ग्रेजीमा अनुवाद भएका । त्यसमध्येको एक पुस्तक त्जभ एबतज तय त्चगतजअहिले मेरो हातमा छ । यो पुस्तक उहाँका कर्मसँगसँगै अनुभव र त्यसको बुद्ध दर्शनसँगको तादत्म्यता पुष्टि गर्ने खालको छ । म त्यसको अनुवादमा लागेको छु ।
नामाकरण गरिएको त्यो संस्थाको अर्थदया र प्रेम भन्ने हुँदो रहेछ ।

बुद्धका वचनहरू रटनका लागि मात्र होइनन्, यसलार्ई जीवनमा लागू गर्नु पर्दछ र पृथ्वीलार्ई जोगाऔंभन्ने उहाँको मूलमन्त्र छ । यस अनुसारले दुखीहरूको सेवा गर भन्ने बुद्ध वचनलाई कार्य रूप दिनका लागि उहाँले उहाँ बसेकै गाउमा २५ जना गाउँका गृहिणीहरूलाई सम्झाउनु भएछ । बाँसको ढुङ्ग्रोमा हरेक दिन घर खर्चबाट बचाएर ५० पैसा जम्मा गर्ने नियम बाँध्नु भएछ । हरेक महिना त्यो पैसाले त्यही गाउँमा भएको सानो अस्पतालका चिकित्सक र नर्सलाई अनुरोध गरेर दुर्गम गाउँहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्य गर्नु भएछ ।

अहिले त्यो गाउँ लगायत ताइवानमा एक हजार बेडका ४ अस्पतालहरू छन्। त्यस्तै संसारका अन्य देशहरूचीन, मलेशिया, थाइल्याण्ड, इण्डोनेशिया,बर्मा,अमेरिकालगायत अन्य धेरै देशहरूमा शाखाहरू छन् । संसारका १७ हजार भन्दा बढी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू र १ करोड भन्दा बढी अरू स्वयम् सेवकहरू छन् ।

चिकित्सक मित्र डा.चिंगसँग मित्रता बढ्यो, जसलाई गए साल टिमा अन्तर्राष्ट्रिय सम्मेलन ताइवानमा एन्जीओ अस्पताल,

यो संसारको ठूलो मध्येको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाभित्र पर्दछ । संयुक्त राष्ट्र संघको कार्यमा सहायता गर्ने महत्वपूर्ण संस्थाभित्र पर्दछ ।
उनीहरू संसारका जहाँजहाँ प्राकृतिक प्रकोप हुने गर्दछ, त्यो स्थानमा पुग्दछन् । नेपालमा पहिलो पटक ५वर्षअघिको भूकम्पको समयमा उनीहरू आएका हुन् । डा.ऋषिकुमार काफ्लेसँग भेटेपछि सम्बन्ध स्थापित भयो ।

उहाँको, चुजी मलेशिया र नेपाल हेल्थ केयर फाउण्डेसनका महेश नकर्मी तथा अन्य नेपाली साथीहरूका सहयोगबाट हाम्रो अस्पतालमा डायलाइसिस सेन्टर स्थापना भएको छ । त्यही मेसोमा चुजी मलेशियाका चिकित्सक मित्र डा.चिंगसँग मित्रता बढ्यो, जसलाई गए साल टिमा अन्तर्राष्ट्रि«य सम्मेलन ताइवानमा एन्जीओ अस्पताल, नेपालको छाता संस्थाका भरतबहादुर प्रधान, डा.ऋषिकुमार काफ्ले, महेश नकर्मी र सुमन राउत समेतको प्रयासले मैले भाग लिने मौका पाएको थिएँ ।

मैले ताइवानमा रहँदा दुईपटक गरी करिव २ घन्टा उनीहरूको मेडियाका लागि अन्तर्वार्ता दिएको थिएँ । त्यसमा खासगरी मेरो ३१ वर्षे लामो रामेछाप जिल्लाको स्वास्थ्य क्षेत्रका कार्यहरू, अनुभव र त्यसबाट प्राप्त आनन्द, नेपालको परिवेश, हाम्रो जीवनजगत, हाम्रा दुर्गुणहरू र सबल पक्षहरू र बुद्धका वचनलाई कसरी कार्यरूपमा ल्याउन सकिएला भनेर मेरा कुराहरू बताएको थिएँ ।

मन्थलीमा समेत दुईपटक भेटिएकी डा.चिंगले प्रदान गर्नु भएको हौसलाले मैले अनुवाद थालेको हूँ । अर्को कारण नेपालमा चुजीको कुनै शाखा नभएकाले यसलाई यहाँ स्थापित गर्न नेपाली पुस्तकहरू चाहिने भएको हुनाले पनि मैले यो जमर्को गरेको हूँ । यो संस्थाका बारेमा नेटमा पनि यहाँहरूले हेर्न सक्नु हुन्छ ।

त्यसैले आजभन्दा अघि मेरा ‘कान्तिपुर’दैनिक पत्रिका लगायतमा प्रकाशित लेख र अन्तर्वार्ताहरूको सँगालो निकाल्ने विचार गर्यौँ

त्यस्तै पेशल आचार्य मेरा साहित्यमा कलम चलाउन हौस्याउने मित्र हुनुहुन्छ । उहाँले केही त गरौं भन्नु भयो । त्यसैले आजभन्दा अघि मेरा ‘कान्तिपुर’दैनिक पत्रिका लगायतमा प्रकाशित लेख र अन्तर्वार्ताहरूको सँगालो निकाल्ने विचार गर्यौँ। अझै सँगाल्ने प्रयत्न गर्दैछु । उता पेशल सर यसको सम्पादन गरेर पुस्तकाकारमा ल्याउन प्रयन्तरत रहनु भएको छ ।

अझ समय भए अर्को काम गर्न मन लागेको छ। मलाई भेटेर अरूले मलाई कसरी मूल्याङ्कन गरे भन्ने बारेमा । मेरा धेरै विदेशी विद्यार्थीहरू जो मसँग यहाँ स्वयम्सेवा गर्न आए, त्यस्तै चिकित्सक र नर्सहरू, इन्जिनियर, शिक्षक, र अन्य मित्र तथा स्वदेशका पत्रपत्रिकाहरू, मित्रहरूले के भनेका छन् र भन्छन् भन्ने समावेश गरेर अर्को पुस्तकको पनि तयारी गर्ने मन छ । बरू मलाई चिन्नु हुने मित्रहरूले यो फुर्सद्का बेला लेखिदिएर यसका लागि खुराक पठाइदिनु भए आभारी हुनेथिएँ ।

२) कोरोनाका बारेमा विभिन्न चर्चा÷परिचर्चा र आफवाह पनि चलेका छन् यसका बारेमा विस्तृतमा बताइदिनुहोस् न । यो खासमा कस्तो किसिमको रोग हो ?

यो प्रश्नको राम्रो उत्तर मेरा सरुवारोग विशेषज्ञ र माइक्रोबायोलोजी विशेषज्ञ साथीहरूले दिँदा राम्रो हुने थियो तर यहाँ दिनु नै पर्ने भएकोले उत्तर दिँदैछु । सन् २०१९ को डिसेम्बरमा चीनबाट प्रारम्भ भएको भनिएको कोरोना अरू रुघाखोकी गराउने जस्तै सामान्य भाइरस हो तर यसको ताकत सजिलैसँग सर्न सक्ने र तुरून्त विश्वव्यापीकरण हुने खालको छ ।

चमेराबाट मानिसमा सरेकोभनेर विश्वास गरिएको र विभिन्न जनावरहरूमा पनि यो पाइएकोले जङ्गली जनावरको मासुनखानु भनिएको छ । घरपालुवा जनावरको मासु पनि राम्रो पकाएर मात्र खानुभनिन्छ ।संसारमा भएका उच्च प्रविधिहरू र मानिसहरूको कामका कारण मानिसहरूको घुमफिर तीव्र रूपमा हुने गरेको छ । संक्रमित व्यक्तिहरू कुनै भीडभाडमा सँगै हुनासाथ या नजिकै पर्नासाथ यो रोग सर्ने गर्दछ । ठूलाठूला जहाज,रेल, जेट प्लेन, भीडभाड हुने सहरहरूमा यो चाँडो फैलिन्छ । त्यसैकारण संसारभरि लकडाउन गर्नुपर्ने अवस्था आएको हो ।


अनुसन्धानअनुसार इन्फुएन्जाजस्ता रूघा खोकीका भाइरसहरूले एकहजारमा करिब एक जनाको मात्र मृत्यु देखिएको छ भने कोरोनामा सयमा नै ५ भन्दा बढी मृत्यु देखिँदैछ । यो अझै अनुसन्धानकै क्रममा छ । सार्स, इबोला जस्ताले यो भन्दा पनि बढी मृत्यु गराएको तथ्याङ्क पनि छ । कोभिड –१९ बाट हुने मृत्युमा डायबिटिज, श्वासप्रश्वास रोग, उच्च रक्तचाप, शरीरको रोगक्षमता शक्ति कम गराउने रोगहरू भएका ६० वर्ष भन्दा माथिका बिरामीहरू धेरै भएको पाइएको छ। तर स्पेनमा १०१ वर्षकी हजुर आमाले यो समेत दुईवटा विश्वव्यापी महामारी खपेर नयाँ जीवन पाउनु भएको समाचार पनि पढन पाइयो ।

सामान्य सास फेरेको बेला ४ देखि ६ फिटमा यो प्रसार हुन सक्ने भएकोले कमसेकम मास्क सहित त्यति दूरी कायम राखेर बस्नु पर्ने हुन्छ

योे सन् १९६१ मा पत्ता लागेको भाइरस हो । तर यसले सामान्य रूपमा असर गर्दथ्यो । हाम्रो देशमा यो भन्दा पहिले नै भएको पनि बताइन्छ तर अहिलेको नोबल कोरोना भाइरस चाहिँ अलि अर्को रूप परिवर्तन गरेर, अलि असर गर्ने रूपमा आएको हुनाले संसारभरि यो रूपमा देखिएको हो ।
सामान्यत घाँटी, नाक यसको बासस्थान हुने भएको र छाला आँखा आदि स्थानबाट यसको प्रसारण हुने भएकोले मुख्यतः नाक र मुखलाई छोप्ने मास्क र अस्पतालमा काम गर्नेहरूका लागि आँखामा पनि विशेष किसिमको चस्मा चाहिएको हो ।

यसले अरूबाट आफूलाई सर्न र आफूबाट अरूलाई सर्न समेत जोगाउँछ । सामान्य सास फेरेको बेला ४ देखि ६ फिटमा यो प्रसार हुन सक्ने भएकोले कमसेकम मास्क सहित त्यति दूरी कायम राखेर बस्नु पर्ने हुन्छ । तर हाछयुँ र खोक्दाचाहिँ यो भाइरस थुकका कणहरूसँगै निस्कन्छ त्यसैलै कुनै अनुसन्धानहरूमा करिब २७ फिटसम्म पनि यो प्रसार हुन सक्छ भनिएको छ ।

त्यसलै पनि रुघाखोकी लागेका व्यक्तिहरू अलग्गै बस्ने, सकेसम्म छुटटै कोठा बस्नु राम्रो हुन्छ ।वैज्ञानिकहरूको भनाइअनुसार यदि यो नियन्त्रणमाआयो भने पनि संसारमा लकडाउन खुलेपछि पनि अरू २ वर्ष सावधानीका उपायहरू अपनाएर होसियार नै रहनु पर्ने भन्ने छ ।
बजार जाँदा पन्जा पनि लगाएर जानु राम्रो हुन्छ ।

१००.४ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउँछ ।त्यसैले सबै ठाउँमा थर्मल गनले ज्वरो नाप्ने गरिएको

बजारबाट ल्याएका सामानहरू छुँदा पनि पन्जाको प्रयोग गर्ने र राम्रोसँग पखालेपछि मात्र खाली हातले छुनु राम्रो हुन्छ । छालाका माध्यमबाट सर्ने भएकोले हात नमिलाउने, पटकपटक आधा मिनेटसम्म साबुन पानीले मिचीमिचीहात धुने र आँखा, नाक र अनुहारमा छुनुपर्दा पनि हात धुनु परेको हो ।

यदि नाक र घाँटीमा पुगिसकेको रहेछ भने पनि त्यहाँबाट हटाउन दिनको ३ पटकसम्म एक ग्लास उमालेर सेलाको मन तातोपानीले घाँटी कुल्ला गर्नु फाइदा हुन्छ भने यतिनै समय पानी उमालेर अलि सेलाको बाफ लिन राम्रो हुन्छ किनभने तातोमा यो भाइरस निष्क्रिय हुन्छ भनिएको छ ।
यो रोग लाग्दा मुख्यत : १००.४ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउँछ ।त्यसैले सबै ठाउँमा थर्मल गनले ज्वरो नाप्ने गरिएको हो । यति ज्वरो आउँदा धेरै मानिसहरूले ज्वरो आएको अनुभव गर्दैनन् । यसको साथै सुख्खा खोकी अर्को मुख्य लक्षण हो ।


यसका साथसाथै घाँटी दुख्ने, थाकेको, गलेको महसुस हुने, टाउको दुख्ने, छ्यु आउने, नाक बन्द हुने, नाकबाट पानी बग्ने, झाडापखाला लाग्ने, खान मन नलाग्ने इत्यादि पनि हुन्छन् । तर अधिकांश मृत्युवरण गरेका मानिसहरूमा सास फेर्न गाह्रो हुने लक्षण पनि देखिएको छ किनभने यसले फोक्सोको भित्री तहमा जहा अक्सिजनको आदानप्रदान हुने स्थान छ, त्यो स्थानमा आक्रमण गर्दछ र शरीरमा अक्सिजनको मात्रा घटाइदिन्छ र सास फेर्न गाह्रो हुन्छ ।
वास्तवमा अहिलेसम्म यसको खास औषधि छैन भने पनि हुन्छ । किनभने अहिले प्रयोग भइरहेका औषधिहरू पनि प्रयोगात्मक हिसाबले चलाइरहेका छन् र वैज्ञानिकहरू यी औषधिका बारेमा अनुसन्धान गर्ने क्रममा छन् ।

जसरी दादुराको खोप लगाएपछि दादुराबाट जोगाउन सकिन्छ त्यसैगरी यसको पनि खोप उत्पादन गरेर लगाउन सके मानिसहरूलाई जोगाउन सकिन्छ


हाल कोरोना डरका कारणले मरिन्छ कि दुःख पाइन्छ कि भन्ने र यसले हरेक व्यक्ति र परिवारलाई आर्थिक रूपले सङ्कटमा पार्ने भएकोले डर लाग्ने र आउँदो भविष्यको चिन्ताले मानसिक समस्याहरू धेरै आउने सम्भावना छ । यो समस्या पछिसम्म रहन सक्छ । त्यसैले आफूलाई त्यस्तो हुन लागेको छ भने तुरुन्त चिकित्सक र मनोसामाजिक परामर्शदाताहरूसँग सम्पर्क राख्नु पर्ने देखिन्छ ।


जसरी दादुराको खोप लगाएपछि दादुराबाट जोगाउन सकिन्छ त्यसैगरी यसको पनि खोप उत्पादन गरेर लगाउन सके मानिसहरूलाई जोगाउन सकिन्छ । विभिन्न देश जस्तै अष्ट्रेलिया, जर्मनी, अमेरिका, युके चीनलगायत धेरै देशमा यसको उत्पादनका लागि अनुसन्धानहरू भइरहेका छन् । युकेको अक्सफोर्ड विश्वविद्यालयमा गए साता मानिसहरूमा यसको परीक्षण गरिएको छ । वैज्ञानिकहरूको भनाइमा यो परीक्षण सफल भए तापनि आउदो वर्ष सन् २०२१ पछि मात्र यसलाई उपयोगमा ल्याउन सकिएला भन्ने वैज्ञानिकहरूको अनुमान छ ।

यदि एउटा समुदायमा ८० प्रतिशत जतिमा यो लागेर निको भएको भए अथवा लक्षण नदेखिएको भए तापनि कोरोना शरीरमा प्रवेश भएको भए, उनीहरूको शरीरमा खोप विनानै प्राप्त भएको रोग क्षमता शक्तिले त्यो समुदायका अरूलाई पनि जोगाउन सक्दछ भन्ने वैज्ञानिकहरूको भनाइ छ ।
यसरी जसरी यो रोगलाई धेरै भयानक छ भनेर मानिसहरू डराएका थिए तर अब यसका बारेमा अनुसन्धान हुँदै आएपछि त्यति धेरै डराउनु पर्ने देखिन्न तर सावधानीहरू त अपनाउनु नै पर्दछ ।

हातखुटटा धुने, धोती फेरेर मात्र खाने, भान्सा कोठा दिनैपिच्छे लिप्ने, खानाअघि र खाइसकेपछि राम्रोसँग हात धुने, दिसापिसाब गरेपछि हात धुने, रक्सीजाँड र मासु नखाने इत्यादि यसको प्रसारणमा रोक्न मद्दतगर्ने कडी

रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै आफूबाट अरूलाई र अरूबाट आफूलाई जोगाउन यी सावधानीका उपायहरू गर्न जरूरीछ । रोगका लक्षण नदेखिएका मानिसहरूलाई परीक्षण गर्दापनि यो भाइरस भएको प्रमाण फेला परेकाले यो भाइरस जो सुकैसँग पनि हुनसक्छ भन्ने अनुमान गरेर सावधानीहरू अपनाउनु परेको हो ।
हाम्रा पूर्वीय दर्शनका चालचलनहरूले यसको प्रसारणमा रोक्न मद्दत गर्दछन् । नमस्कार गर्ने, घरमा पस्ने बेलामा नुहाउने या हातखुटटा धुने, धोती फेरेर मात्र खाने, भान्सा कोठा दिनैपिच्छे लिप्ने, खानाअघि र खाइसकेपछि राम्रोसँग हात धुने, दिसापिसाब गरेपछि हात धुने, रक्सीजाँड र मासु नखाने इत्यादि यसको प्रसारणमा रोक्न मद्दतगर्ने कडी हुन् । त्यस्तै रुघाखोकी लाग्दा जिरा, बेसार, अदुवा, नुन, दालचिनी, मरिच आदि राखेर पानी उमालेर खाने चलन छ । यसले रोगक्षमता शक्ति बढाउन मद्दत गर्दछ । भाइरस हटाउन सघाउँछ ।

३) कोरोनाकिनधनी र शक्तिशाली देशमा बढी संक्रमणका रूपमा फैलियो ?

धनी देशहरूमा जनसंख्याका धेरै हिस्सा ठूलाठूला सहरहरूमा छन् । एकैस्थानमा सैँयौं मानिसहरू जमघट हुने, होटल, थिएटर र खेल मैदानहरूमा धेरै मानिसहरूको उपस्थित हुने, सैँयांै मानिसहरू ठूलाठूला रेलहरू, पानीजाहाज, प्लेनमा यात्रा गर्ने आदि कार्यले गर्दा यो भाइरस व्यक्तिबाट व्यक्तिमा तुरून्तै सर्न सकेको होला । त्यस्तै चुम्बन गर्ने, हग गर्ने, हात मिलाउने परम्पराका कारणले एकबाट अर्कोमा सर्छ । ती देशका मानिसहरू जन्म देखिनै धेरै सफा सुग्घर स्थानहरूमा बस्ने भएकाले विभिन्न रोग लगाउने भाइरसहरूको सम्पर्कमा उनीहरू आउन पाएका हुँदैनन्, जसका कारण भाइरस विरुद्ध लडने क्षमता नबनेको हुन सक्छ । धेरै बुढौली उमेरका दीर्घरोग भएका जनसंख्या बढी भएको र उनीहरूको रोगक्षमता शक्ति कमजोर हुने भएकोले पनि धेरै रोगीहरू देखिएको हो ।

४) समग्र युरोप र अमेरिकालार्ई तवातवापार्ने कोरोनाले दक्षिण पूर्वी एसियाका देशहरू नेपाल, भुटान, श्रीलंका र भारतमाअपेक्षाकृत रूपमाकिनकम संक्रमण भैरहेको देखिन्छ ?

युरोप अमेरिकामा माथि भनिएझँै मानिसहरूको घुमफिर भेटघाट धेरै जनसंख्या बीचमा धेरै छ । दक्षिण पूर्व एसियाका देशहरूमा मानिसहरूको केही हिस्सा सानासाना गाउँहरूमा छन् । धेरै यातायातका ठूलाठूला साधनहरूमा एकैचोटी धेरै मानिसहरूको घुमफिर उनीहरूको अनुपातमा कम छ । यहाँको चालचलनमा हात मिलाउने भन्दा नमस्कार गर्ने, चुम्बन नगर्ने, हात राम्रोसँग धोइराख्ने जस्ता प्रचलन छन् । यहाँका अधिकांश स्थानहरू अलि सरसफाइमा कमि भएका र जीवाणुहरू मानिसहरूको शरीरमा सजिलै प्रवेश गर्ने खालका छन्, जसले गर्दा रोगक्षमता शक्ति पहिले नै राम्रो भएको हुनसक्छ । यस्तै टिबी रोग लाग्न नदिने खोप बिसिजी लगाएका देशहरूमा कम भएको भनिए तापनि वैज्ञानिकरूपमा अझै पुष्टि हुन सकेको छैन ।

५) कोरोनाअवश्यपनि एक दिन न एक दिन नियन्त्रणमा आऊला तर यो नियन्त्रणमा आइहाल्यो भने पनि समग्र विश्व अर्थतन्त्र कस्तो होलाभन्ने ठान्नु हुन्छ यहाँ ?

कोरोना नियन्त्रणपछि विश्व अर्थतन्त्र धराशयी हुनेछ । उत्पादन र वितरणको असन्तुलन कायम रहने छ । वेरोजगारीले विकराल रूप लिनेछ । अहिले कुनै आम्दानी र उत्पादनका क्रियाकलाप हुन नसकेकाले विकसित देशहरूमा पनि खर्च गर्ने पैसाको अभाव हुनेछ । उनीहरूको श्रम र वस्तुको क्रयविक्रय गर्ने शक्ति घटनेछ । मानिसहरूले विलासी वस्तुहरूमा कम खर्च गर्नेछन् ।त्यसैले इलेक्ट्रोनिक्स सामग्रीहरूको खपत धेरै घटनेछ ।

यसले रोजगारी ह्वात्तै घटाउनेछ ।आधारभूत आवश्यकता जस्तै : खाना र बास उनीहरूको मुख्य प्राथमिकतामा रहनेछन् । कृषि उत्पादन नै मुख्य स्रोत हुने देशहरूले यसमा अधिकतम् आफ्नो शक्ति लगाउनेछन् । खान नपाउने र बास नहुनेको संख्या बढेर जानेछ । नहुनेहरूको हालत अहिले भन्दा बिग्रेर जानेछ र ती गरिब देशहरूमा अरू विद्रोहको सम्भावना पनि रहने छ । उद्योगधन्दाहरूलाई पहिलेकै अवस्थामा ल्याउन हम्मेहम्मे पर्नेछ । स्वास्थ्य सेवा, अस्पताल र यसमा उपयोग हुने सामग्रीहरूमा देशहरूले लगानी बढाउनेछन् । त्यस्ता सामग्रीहरूको उत्पादन बढनेछ ।
बैँक तथा वित्तीय संस्थाहरूबाट भएका ऋण प्रवाहहरू डुब्ने खतरामा रहनेछन् । ठूलाठूला हवाइ कम्पनीहरू, मोटर, हवाइजहाज निर्माण कम्पनीहरू, तेल उत्पादन गर्ने देशहरूको अर्थतन्त्र अहिले नै कमजोर हालतमा पुगिसकेको छ । यसलाई माथि उठाउन धेरै समय लाग्नेछ ।

कोरोनाका कारणले देशहरूको सम्बन्ध बिग्रेको छ । जस्तैः अमेरिकाले कोरोना प्रसारणलाई अहिले पनि चीनलाई दोष लगाइरहेको छ, त्यसैले उनीहरूको यो तनावले व्यापारमा असर गर्नेछ । जर्मनले चीनलाई क्षतिपूर्तिको माग गरिसकेको छ । चीनले कोरोनाको तथ्याङ्क ढाँटेको, छलेको भनेर व्याख्या गरिँदैछ । विश्व पहिलेभन्दा बढी ध्रुवीकरण हुने सम्भावना छ । सुपरपावर हुने होडमा चीन र अमेरिकाका शासकहरूले अप्रिय निर्णय लिए भने संसारले धेरै दुःख भोग्नु पर्ने छाँट देखिँदैछ । 

नेपालजस्ता गरिब देशहरू जसले श्रमशक्ति बेचेर आफ्नो अर्थतन्त्र धानेका छन्, उनीहरूको अर्थतन्त्र धराशयी हुनेछ । पर्यटकहरूको आवागमन कम हुने सम्भावना भएकोले यसमा आधारित पेसा, सेवा व्यवसायहरू पनि कमजोर हालतमा हुनेछन्, यसले वेरोजगारीको समस्या विकराल रूपमा ल्याउनेछन् ।
यसरी समग्रमा कोरोनापछि विश्वको अर्थतन्त्र थिल्थिलो हुनेछ ।

५) नेपालको सन्दर्भमाभन्दा न पूर्व तयारी नै थियो न अहिले चित्तबुझ्दो पाराले पिसिआर टेष्ट नै भैरहेको छ तर यस्तो अवस्थामापनि नेपालमाभयावह स्थिति किननदेखिएको होला? के नेपालीहरूमाकोरोनापचाउने शक्ति या इम्युनिटी पावर नै हाइभएर नै हो त ?

नेपालमा यसको प्रकोप अथवा संक्रमण छैन भनेर भनिहाल्ने बेला भएको छैन । जबसम्म हामीले ८० प्रतिशत जनसंख्यामा यसको जाँचलाई पु¥याउन सकेका हुँदैनौ त्यो बेलासम्म यो भन्न गाह्रो छ । तर धेरै घनावस्ती भएका सहरहरू, विदेशी आएर बस्ने स्थानहरूमा पनि लक्षण भएका मानिसहरू नभेटिएकाले । एक, यहाँका मानिसहरूमा रोगसँग लडने प्रतिरोधात्मक शक्ति धेरै भएको पनि हुनसक्छ । दुई, यसका कारणले रोगका सामान्य लक्षणहरू देखिएर निको भएको या लक्षण नदेखि संक्रमण भएर बसिरहेको पनि हुनसक्दछ । तीन, लकडाउनको निर्णय ठीक समयमा गरिएकाले पनि हुनसक्दछ । अर्को मलाई लागेको महत्वपूर्ण कुरा के छभने धेरै बूढाबूढी उमेर भएका जनसंख्या हाम्रोमा छैनन् ।

हाम्रो औसत आयु नै ७० वर्षको हाराहारी छ । त्यस्तै त्यो उमेर भएपछि अरू देशमा जस्तो हाम्रो देशमा उनीहरू हिँडडुल गर्दैनन ।धेरै घरमा नै बस्छन् । त्यसैले रोग सर्न पाउदैन । ८५वर्षको हाराहारी औसत उमेर भएको युरोप अमेरिकामा त्यो उमेरका मानिसहरूको धेरै मृत्यु भए तापनि जापानजस्ता देशहरूमा भने यो कम छ । हाम्रो खानपान, रितीरिवाज, चालचलन इत्यादि पनि यसको कारक हुनसक्छ ।

६) नेपालको अर्थ व्यवस्था त्यसै त संघीयता कार्यान्वयनकासिलसिलामाअनावश्यकप्रदेशका लफडाहरूले बजेटको सत्यानाशभएको थियो अहिले झन् यो महामारीकाअवस्थामा के तीप्रदेश देशकालागि घाँडा सावितभएनन् र ?

नेपालीमा उखान छ, ‘बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ । अहिले हाम्रो संघीयता खुर्पाको बिँड भएको छ । प्रशासनिक खर्च घटाएर, विलाशिताका सामग्रीहरूको उपयोग नगरेर पहिलेकै आफू बाँचेको धरातल सम्झेर हाम्रा नेताहरू मितव्ययी भैदिएको भए, यही संरचनामा पनि हाम्रो अर्थतन्त्रलाई गाह्रो पर्ने थिएन होला । सादाजीवन र उच्च विचारहुनु पर्नेमा असाधारण जीवन र निच विचार हुन गएकाले यो परिप्रेक्षमा यी संरचना तपाईंले भन्नु भएजस्तै सेतो हात्ती सावित हुन सक्नेछन् र पुनःमुसीको भवःको ठाउँमा पुग्न के बेर? भए न खाने हो, नभए के खाने? दाता हुन्जेल न लिएर खाने हो, दाता नै कङ्गाल भएपछि कसरी आउलार ?

७) यो महामारीलार्ईयहाँकुनरूपमालिनु हुन्छ ?कतिले त विनाहतियार लडिएको ‘तेस्रो विश्वयुद्ध’ पनिभनेका छन् । के बास्तवमा यो सुपरपावरहरूकाबीच ‘को फष्ट’ हुने भन्ने लडाइँ नै हो त ?

मेरो विचारमा यो बायोलोजिकल हतियार चाहिँ होइन जस्तो लाग्छ । यो प्रकृतिको खेल हो, मानिस धेरै बाठा भए नेपालीमा उखान छ, ‘काग बाठो भए के जाती खान्छ’ भनेर मानिसहरू त्यही भोग्दैछन् । प्रकृतिको विनाश, मारकाट, मानिस मानिस बीचको झगडा, चरम स्वार्थ, अनुशासन र नैतिकहीनता यी सबैले प्रकृतिको दोहन र तहसनहस पार्ने काम भएको छ । जनसंख्याको उच्चतम वृद्धि र पर्यावरणको दुर्गति पनि यसको मुख्य कारण हो । डार्विनको सक्षमले मात्र बाँच्ने हो, अनुसार संसारमा प्रकृतिले छनोट गर्दैछिन् । यो प्रकृतिले मानव विरुद्ध प्रयोग गरेका रिस र आवेग हो तर यसलाई सुपरपावरका होडमा हुनेहरूले जैविक हतियार जस्तै प्रयोग गर्लान् भन्ने डर चाहिँ पैदा भएको छ ।

८) अब यो कोरोनाको अन्त्य पछि ‘कोरोना अघि’ र ‘कोरोना पछि’ भन्ने मानकको विकास हुुन्छ भनेर केहीमानिसहरूअहिलेदेखि नै चिच्याउनथालिसके के यो कु्रा साँचो हो त ?

यो मेरो विचारमा साँचो हो । यस पछिको समय मानिसका लागि अर्को अनौठो युगजस्तो महसुस हुनेछ । मानिसहरूका दिनचर्याहरू, आम्दानी, एक अर्काको सम्बन्ध पुनःपरिभाषित होलाजस्तो लाग्दैछ । हामी यतिबेला १८ औं शताब्दीको युगको वातावरणमा २१ सौ शताब्दीको विलाशिता भोग्दैछौं । वातावरणमा सन्तुलन कायम हुन थालेका छन् ।

ओजोन तह पहिलेको भन्दा राम्रो अवस्थामा आएको भनिँदै छ । सायद मौसम परिवर्तन, अतिवृष्टि, अनावृष्टिका समस्याहरू घटलान्,हिमालमा हिउँ जम्ने क्रम बढ्ला, पग्लने दर घट्ला यसका कारणले पृथ्वी अलि सुन्दर हुन्छिन् कि ? प्रदूषणका कारणले हुने रोगहरू घट्लान् । अब मानिस अलि पहिलेको सभ्यता घरपरिवार नजिक बस्ने, आफ्ना पुर्खाले गरेको जस्तै पेसा व्यवसाय गरेर रमाउनेतिर पो जालान्कि? तर गरिबी र वेरोजगारीले विकराल रूप लेलाकि भन्ने अर्को डर छ ।

त्यस्तै मानिसहरू पहिलेभन्दा अलि बढी आध्यात्मिक हुने पनि धेरै सम्भावना छ । संसारले विज्ञानले धेरै गरेजस्तो महसुस गर्दथ्यो तर यतिका वैज्ञानिक आविष्कारहरू सियोको टुप्पोमा हजारौं अट्न सक्ने एउटा विषाणुले हल्लाइदियो, हालका विकासहरू निकम्मा देखिए । खरबौं डलरका आणविक हतियार बनाएर आफ्नो साम्राज्य जमाउन तम्सिएकाहरूको चुरीफुरीलाई तहसनहस बनाइदियो ।
सारमा यसले संसारलाई घोत्लन पर्ने बनाइदियो, हामीले सोचेको जो विकासको मोडेल छ त्यो गल्ती पो छकि? हामीले गर्ने गरेको खर्च गलत ठाउँमा पो परेछकि? भौतिकवादी दुनियाँभन्दा पर अर्को कुनै शक्ति पनि रहेछ, जसले हामीलाई बसमा राख्न सक्दो रहेछ । हरेकविषयलाई भौतिकवादी चिन्तनले विचारगर्नु गलत पो रहेछकि? भनेर आध्यात्मिक चिन्तनतिर मानव समुदाय बढ्ने सम्भावना छ । यसले हाम्रो पूर्वीय दर्शन, हाम्रा सनातन धर्मका वेद, ऋचा, पुराणहरूको युग पो जन्माउने होकि? म यस्ता धेरै अड्कलहरू लाएर बसेको छु । साँच्चै नै कोरोना एउटा यस्तो लक्ष्मण रेखा हुनेछ, जसले संसारका हरेक क्षेत्रका मानकहरूलाई यो ‘अघि’ र ‘पछि’ मा छुट्याउनेछ ।

९)यो संक्रमणले संसारको ‘मसिहा’ भनिने अमेरिकालार्ई नै किनयतिआपतमापा¥याहोला?प्लिजगतिलोसँग निर्मम ढङ्गले विश्लेषण गरिदिनुहोस् न ।

यो अलिकति दम्भको परिणाम हो । कुनै विषयका बारे आफ्नो धारणा बनाउन र व्यवहार गर्न कि जान्नुपर्छ कित जान्नेले भनेको मान्नु पर्छ । आफूले नजानेको प्राविधिक विषयमा वैज्ञानिकहरूको तर्कलाई यो या त्यो रूपमा ट्रम्पले नकार्दै आए । लकडाउन ढिला गरे, मानिसहरूको आवतजावत भई नै रह्यो ।
पहिले यसलाई‘चाइना भाइरस’ भनेर उडाए, उनलाई अमेरिकामा आउन सक्दैन भन्ने लागेको थियो । युरोपका देशहरूमा जति पूर्व तयारी पनि थिएन । उनीहरूको स्वास्थ्य पद्दति अलि पूँजीवादी खालको भएकोले अधिकांश कम आय हुनेहरूका लागि अमेरिकाको स्वास्थ्य सेवामा पहूँच कम छ । तर जर्मनी लगायत स्क्यान्डिनेभियन देशहरूमा अलि प्रजातान्त्रिक समाजवादी परम्परामा हुनेजस्तो स्वास्थ्य व्यवस्था भएकाले हताहत कम छ । यी सबै कारणहरू हुन सक्दछन्, जसले गर्दा अमेरिकालाई कोरोना संक्रमणले धेरै गाँज्यो ।

१०) संसारमामहामारीको शृङ्खला केकस्ता रहेका छन् ?तपाईंलार्ई यो नै त्यस्तो महामारी हो जो पहिलो र अन्तिमपनिहुन सक्छ जस्तो लाग्छ किलाग्दैन ?

संसारमा महामारीका शृङ्खलाहरू हरेक शताब्दीमा २,३ वटा आएका घटनाहरू छन् । विभिन्न किसिमका एन्फ्लुएन्जा, प्लेग, सार्स, इबोला आदिले संसारमा करोडांै मानिसहरूको हताहत भएको छ – इतिहासमा । हाम्रै अगाडि यो बीस वर्षभित्र तीनवटा महामारीको शृङ्खला आइसकेको छ । त्यसैले मानिसहरूमा अनुशासन,प्रकृतिलाई माया र पर्यावरणलाई संरक्षण गर्न सकिएन भने यो महामारीको शृङ्खला दोहोरिई रहनेछ ।

११) कोरोना कहरपछि नेपालको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र शैक्षिक स्थिति कस्तो भएर जाने सम्भावनाआंकलनगर्नु भएको छ यहाँले ?

कोरोनापछि सबैभन्दा धेरै असर नेपालको आर्थिक क्षेत्रमा पर्नेछ । हाम्रो अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । विश्वका विभिन्न देशमा काम गरिरहेका हाम्रा ६० लाखभन्दा बढी जनसंख्या विश्वको अर्थतन्त्रको फेरबद्लको चपेटामा पर्नेछन् । धेरैले आफ्नो रोजगारी गुमाउनेछन् । उनीहरू देशमा फर्कनेछन् । देशसँग पैसा, योजना, आँट केही पनि हुने छैन ।


वेरोजगारी विकराल हुनेछ । रेमिट्यान्स र भ्रष्टाचारबाट कुम्ल्याएर बसेकाहरू खुसी र सुखी हुनेछन् । बाँकी धेरै प्रतिशत जनतालाई आधारभूत आवश्यकता पनि धान्न मुस्किल हुनेछ । जनताको क्रयशक्ति घट्ने छ, जसका कारण प्राइभेट अस्पताल, स्कुलहरू,विश्व विद्यालयहरूमा, विलाशिताका वस्तुहरूको उत्पादन तथा किनबेच गर्ने व्यापार व्यवसायमा प्रभाव पर्नेछ ।
तर परम्परागत खेती प्रणाली भने फष्टाउनेछ ।

बाँझा जमिनमा खेती गरिनेछन् । परिवारहरू गाउँमै काम गर्नेछन् । यसलाई सरकारले वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नु पर्नेछ । यसले सामाजिक प्रभाव पार्नेछ ।परिवारका सदस्यहरूको मित्रता बढाउने छ तर मानिसहरूबीचमा सहयोगको भावना विकास हुन सकेन भने मानिसमानिस बीचमा विग्रह पनि हुनेछ र हाम्रो सामाजिक संरचनामा खलल पुग्नेछ ।


हुने र नहुनेकाबीच खाडल बढ्दै गएर राजनीतिक विद्रोहको सम्भावना रहनेछ । मानिसहरू सजिलैसँग फेरि हतियारबन्द विद्रोहमा उत्रिने सम्भावना रहन्छ । अहिले भइरहेको राजनीतिक शक्तिहरू त्यागी, नैतिक र अनुशासित भएनन भने यिनीहरू विस्थापित हुने सम्भावना धेरै छ किनभने असन्तोष धेरै चुलिएको छ र महामारीको सङ्कटले र वर्तमान राजनीतिक घटनाक्रमले यसमा आगोमा घिउ थपेजस्तै भएको छ ।

मानिसहरू अलि बढी आध्यात्मिक हुनेछन् । हाल पूर्वीय दर्शनमा भएका व्यवहारिक ज्ञान र सीपहरू कोरोनामा काम लागेकोले कतै हाम्रो सनातन धर्म परम्परा पनि ठीक छकि भनेर घोत्लिनेछन् । कसैले यसलाई अपनाउनेछन् । संस्कृत शिक्षा र धर्मग्रन्थहरू पढनेछन् । भौतिकवादी दुनियाँ मात्रै सबै होइन रहेछ भनेर कोरोनाले पाठ सिकाएपछि पूर्वीय आध्यात्मिक दर्शनतिर मानिसहरू अलि झुकाव राख्नेछन् ।

विद्यालय र विश्व विद्यालयका पठनपाठन पहिलेजस्तै हुनेछ । यदि धेरैको संख्यामा विदेश बस्ने मानिसहरू नेपाल फर्किए भने विद्यार्थीहरूको चाप सामुदायिक विद्यालय र सरकारी विश्वविद्यालयमा बढ्ने सम्भावना छ । गाउँका विद्यालयहरूमा विद्यार्थी संख्या बढ्नेछन् । सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्नेछ ।

१२) अहिले आएर यो भाइरस अमेरिकाका एक जानीमानी प्रोफेसरले चीनको बुहानयुनिभर्सिटीमा गएर पैसा लिएर बनाएको भन्ने पनि समाचार अनलाइनहरूमा देखिन थालेका छन् । के यो भाइरस मानवनिर्मित जैविकहतियार नै हो त ? फेरि अमेरिकीप्रोफेसर र चीनको विश्वविद्यालय यस्ता कन्टोभर्सी समाचार के ‘फेक’ नै हुन् ? चीनले मृतकको संख्या लुकाएको भन्ने आरोप पनि बाँकी विश्वको रहेको छ । यहाँको भित्रीमनले चाहिँ के भन्छ ? प्लिज ।

मलाई यो पूरै सत्य होजस्तो लाग्दैन । यद्यपित्यो जैविक हतियार बनाउने प्रयत्न भइरहेको होला भन्नेमा चाहिँ विश्वास छ किनभने ती पापी दुनियाँमा बाँचेकाहरूलाई आफू सिद्धिएर पनि अरूलाई सिद्याउनु छ । अर्काको अस्तित्व नामेट पार्न आफू पनि नामेट हुने वुद्धि भएका खरबौं डलर आणविक हतियारमा खर्च गर्न सक्नेले वैकल्पिक जैविक हतियार बनाई रहेका नहोलान् र ? तर यसैबखत यो कोरोना चाहिँ होइनकि जस्तो लाग्छ ।

त्यो विषयमा आफूभन्दा जानेको छ भने पनि उसको नाम बताइदिने परम्परा छैन । सल्लाह लिने परम्परा छैन, शक्ति भए पछि ऊसबै कुराको ज्ञाता भइहाल्छ । एउटै विषयका ज्ञाताहरूको त झन् तँछाड मछाड ज्यादै ।त्यसैले यो कुनै नौलो कुरा होइन, हालको परिवेशमा


यो बन्ने क्रममा होला, टेष्टहरू भइरहेका होलान् र यो सिनेमाको काष्टिङ्जस्तो कुरा बाहिर आयो । तर चिसो पर्ने कुरा के हो भने जब यो कोरोना निष्कियो, तुरून्तै यसका विरुद्ध प्रयोग हुने खोपहरूको पनि सफल परीक्षण भयो रे भन्ने सुन्दा कतै दुवै पो तयारी हालतमै राखेकाथिए कि जस्तो लाग्ने – जुन संसारभर विक्री गर्ने योजना ।
जहाँसम्म चीनको कुरा छ त्यहाँ यो कोरोना भाइरसको समस्या बुहान सहरमा मात्र हुनु, बुहानबाट देशैभरि रेल र प्लेनको व्यापक नेटवर्क हुँदा पनि यो रोग अन्य सहरमा संक्रमणका रूपमा फैलेको नदेखिनु, मृतकको कूल संख्यामा १२९० जना थपेर अप्रिलमा आएर मृतकको डाटा सच्याउनु, सम्पूर्ण दृश्य÷अदृश्य पूर्व तयारी गरेरै एक हप्तामा एक हजार बेडको अस्पताल तयार गरेको सन्देश विश्वलाई दिनुजस्ता फरकफरक माने राख्ने कतिपय सन्देहास्पद कुराले चाहिँ यो घटनालाई झनैै रहस्यमय नबनाएको भनेर सजिलै विश्वास गरिहाल्ने स्थान पनि अब त रहेन ।

१३) जैविकहतियारहरूको प्रयोग गरेर संसारकामहाशक्तिहरूएकापसमाको ठूलो भन्ने अहम्वादी रोगले अघि नै बढ्या हुन् त अब ?

बढेको भन्दा पनि यसलाईवैकल्पिक शक्तिका रूपमा बनाएर राखेका छन् कि जस्तो लाग्छ । संसारमा धेरै वैमनस्यता र विग्रह नभई आणविक हतियारहरू प्रयोग हुन सक्दैनन् किनभने यो किन गरेको भनेर प्रश्न गर्ने विश्वव्यापी संस्थाहरू र प्रभावशाली मानिसहरू अहिले संसारमा छन्, त्यसैले तर्कमा मिल्ने गरी मात्र यी हतियारहरू देखाएर प्रयोग गर्न सकिन्छ । महाशक्ति हुने होडमा यस्तो बेला जैविक हतियारहरू काम लाग्ने हुन्छन्,जो अरूले सितिमिति पत्तो पाउन सक्दैनन् र त्यो बेला प्रयोग हुनसक्दछन् तर यो पनि सर्वाधिक मुर्खता नै हुनेछ ।

१४) डा.साब, यो कोरोनामहामारीको पटाक्षेप कसरी होओस् भन्ने कामनागर्नु हुन्छ यहाँ?

अब संसारले यो महामारीले मानिसको मृत्यु, आर्थिक अवस्थाको तहसनहसर लकडाउन धेरै धान्न सक्दैन । मेरो विचारमा मानिसहरू केही बुझ्छन् भने प्रकृतिले यति चेताएपछि आत्मसमर्पण नै गर्नु पर्दछ कि अब हामीबाट प्रकृतिसँग खेलबाड हुनेछैन र संसारका पशुपंक्षी, कीटपतङ्ग, बोटबिरुवा, जमिन, बालुवा, ढुङ्गा यी सबैलाई माया गर्नेछौ भनेर ।

त्यसपछि संसारका मानिसहरूको मृत्युदर घटदै जाओस, संक्रमित हताहत नहुन, महाशक्ति राष्ट्रहरूको दम्भहरू बिलाऊन्, ‘वसुधैव कुटुम्बकम्’को हाम्रो पूर्वीय वचन कार्यरूपमा परिणत होस् । मानिसले मानिसलाई प्रेम गरून् । साथी बनून । एक अर्कामा मिलेर बसून । दुःख परेको भनेको के रहेछ भनेर त सिकी सकियो अब यसबाट शिक्षा लिने र व्यवहार गर्ने मानिस मात्र साँचोमा मानिस ठहरिनेछन् । यो संसार मानिसहरू बस्न योग्य सुन्दर घर बनोस् ।

१५) नेपालमा भुइँचालो जान्छ केही स्वनामधन्य बुद्धिजीवीहरू ‘भूकम्पविद्’ बनेर निस्किन्छन् र नेपालीहरूलार्ई ताई न तुईको अर्तीबुद्धि दिन्छन्अनि फेरि विश्वव्यापीकोरानाको महामारी नेपालमा पनि शुरूहुन्छ यसबेलापनिअर्काथरी स्वघोषित बुद्धिजीवीहरूकोरोनाविशेषज्ञ बनेर निस्किन्छन् । के हो यो नेपालीहरूको मानसिकता?

यो समाजको आचरणको प्रतिविम्ब हो । यहाँ कनिकुथी बोल्न पाए केही भई हाल्थ्योकि भन्ने, यसैमा रम्ने, धोती खुस्केको चाहिँ थाहा नपाउने, शक्तिको नजिक रहन मन पराउने, मौकामा चौका हानेर आर्जन गरिहाल्ने संस्कृतिको बोलाबाला छ । त्यसै अनुरूप टेलिभिजनका पर्दामा उत्रिहाल्छन्, सभामा उठेर भाषण ठोकी हाल्छन् ।
त्यो विषयमा आफूभन्दा जानेको छ भने पनि उसको नाम बताइदिने परम्परा छैन । सल्लाह लिने परम्परा छैन, शक्ति भए पछि ऊसबै कुराको ज्ञाता भइहाल्छ । एउटै विषयका ज्ञाताहरूको त झन् तँछाड मछाड ज्यादै ।त्यसैले यो कुनै नौलो कुरा होइन, हालको परिवेशमा । अझ राजनीतिक नेताहरू, सामाजिक नेताहरू, अधिकांश म्याट्रिक पासहरू पनि पो सबै विषयको विशेषज्ञ भइ टोपल्छन्, अनि २० सौंवर्ष पढेर बीसौं वर्ष काम गरेका विशेषज्ञलार्ई अर्ती दिन्छन्, सिकाउँछन् । स्पष्टीकरण लिन्छन् । यो सन्दर्भ त हाँसोउठ्दो नैछ ।

१६) विश्वअर्थतन्त्रअबकादिनमा के हुन्छ ? सबै पाटालार्ई सूक्ष्म रूपले केलाइदिनुहोस् न ।

धेरै त मैले माथि बताइसकेको छु । अब महाशक्ति महाशक्ति रहन्नन् । एउटैको वर्चश्व रहने छैन । एसियाका मुलुकहरूले पनि अमेरिका र युरोपका मुलुकहरूसँग कुम जुधाउनेछन् । अमेरिका र चीनको बीच तनाव बढ्नेछ । युरोप र अमेरिका मिलेर चीनको अर्थतन्त्रसँग टक्कर गर्नेछन् । तर गरिब र साना देशहरूमा भने अझै सङ्कट थपिने छ । बेरोजगारीले विकराल रूप लिनेछ । आधारभूत आवश्यकताका कुराहरू पनि सबैलाई पु¥याउन धौधौ हुनेछ । सामाजिक सुरक्षाका विषयहरू ओझेलमा पर्नेछन् । बालबालिका, महिला र वृद्धवृद्धाहरू यसबाट बढी प्रभावित हुनेछन् । विलासिताका वस्तुहरूको उत्पादन घटनेछन् । मानिसहरूको कमाउने थुपार्ने बानी पनि कम हुन्छकि? बढनेछ? यसै भन्न सकिन्न । विकास निर्माण भन्दा पनि आधारभूत आवश्यकता वस्तुहरूमा धनराशीहरू धेरै खर्च गरिनेछन् ।

१७) यो बास्तवमामानवनिर्मित जैविकहतियार नै हो भने यसले आगामी दिनमा अब केकस्तो सङ्केत दिनखोज्या हो ?

मेरो विचारमा यो मानवनिर्मित होइन तर प्रयोगशालामा भविष्यका लागि निर्माण भइरहेका होलान् भन्ने कुरामा चाहिँविश्वास छ । महाशक्ति हुने र राजनीतिक कारणले यसको प्रयोग हुन सक्नेछ र फेरि संसारले धेरै दुःख पाउनेछ ।

१८) संसारका २१० देशहरूमा यो फैलिइसक्दापनि तुर्कमेनिस्तान र भुटानजस्ता केही देशमा चाहिँ कोरोना भाइरसको संक्रमण नफैलिनुको रहस्य के होला?

मानिसहरूका आवतजावत धेरै कम होला। त्यहाँका जनताहरूले लकडाउनको अवस्थालाई कडाइका साथ पालन गरेका होलान् । स्वास्थ्यका संरचनाहरू राम्रा होलान् । मानिसहरूमा रोग क्षमता शक्ति बढी होला । यिनै कारणले ती देशमा कम असर परेको हुन सक्छ ।

१९) के पृथ्वीबाट मानवअस्तित्वलोप नै हुनलाग्याहो त ?

यो त सम्भव लाग्दैन अहिले । तर योग्यले मात्र बाँच्न सक्छन् भन्ने ‘सर्भाइभल अफ त फिटेस्ट’ भन्ने डार्बिनको भनाइअनुसार नेचरल सेलेक्सनको सिद्धान्त अनुसार प्रकृतिले छनोट गरिरहेको हुनसक्छ ।

२०) यो वार्तामाहामीले सोध्न छुटाएका तर तपाईंले भन्नै पर्ने केही प्रसङ्गादिभए कृपयाउल्लेख गरिदिनुहोस् न ।

मानव अस्तित्वलाई सङ्कटमा पार्ने मान्छेको आफ्नै हात छ । त्यसैले पर्यावरणको संरक्षण, सम्पूर्ण जीवजन्तु बोट बिरुवा, पानीका मुहान, इत्यादि मानिसहरूका कर्मले मासिन हुन्न । हुनेहरूले नहुनेहरूलाई माया गर्ने, वृद्धवृद्धा असक्त, बालबालिका, रोगीहरूलाई माया दिने हेरचाह गर्ने, समाजमा भएका सम्पूर्ण खालका विभेदहरूलाई हटाएर राजनीतिक खिचातानी, शक्तिमान हुने होडबाजी त्याग्दै गए संसार एउटा बस्नलायक सुन्दर ठाउँ हुनेछ ।