भिरबाट लडेर मोलुङमा एक महिलाकोे मृत्यु

वैशाख,२१, प्रवीण मुनाल,

फोटो : फाइल

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाँउपालिकामा आइतबार भिरबाट लडेर एक महिलाकोे ज्यान गएको छ । मोलुङ गाँउपालिका ६ श्रीचौर निवासी ६१ वर्षिय धनमाया तामाङको घाँस काटेर फर्केने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


मोलुङ गाँउपालिकाको कुइभिर भन्ने भिरमा अन्दाजी २० मिटर तल खसेर गम्भिर घाइते अवस्थामा स्थानीयले देखि स्थानीय पेसला मेडिकल हल लाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन सिह बस्नेतले जानकारी दिनुभएको छ ।
मृतक तामाङको टाउकोमा गम्भीर चोट लागेकोले उपचारको क्रममा उनको मृत्यु भएकोे पनि उहाँले जानकारी दिनु भएको छ ।


घटनाको जानकारी पाउना साथ प्रहरी चौकी श्रीचौर र इलाका प्रहरी चौकी बरुणेश्वरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगिसकेको निरिक्षक बस्नेतले जानकारी दिनु भएको छ । अहिले मृतक तामाङको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटर लाने तयारी भइरहेको पनि प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनु भएको छ ।