विभिन्न कार्यक्रम गरी विश्व हाँसो दिवस मनाइँदै

बैशाख २१,

काठमाण्डौ । आज विश्व हाँसो दिवस योगसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरेर मनाउँदै छन् ।

हाँसोले सकारात्मक उर्जा दिने भएकाले योग प्रशिक्षकले हाँस्ने कक्षा नै सञ्चालन गर्ने गरेका छन् । हाँस्नाले मस्तिष्कमा सकारात्मक विचार उत्पन्न हुने र यसले शरीरमा उर्जाको सञ्चार गर्ने उनीहरुको भनाई छ । ठूलो स्वरले हाँस्दा मन र मस्तिष्कको बिकार निस्कने मनोक्रान्तिका अभियन्ता डा विकाशानन्दले बताउनुभयो ।

हाँसोलाई योगकै महत्वपूर्ण पाटो मानिन्छ । हिजोआज हाँसोको योगाकै लागि बनेर क्लब तथा संस्था खुल्न थालेका छन् । यो दिवस सन् १९८८ देखि भारतबाट मनाउन थालिएको हो ।