भारती माविमा पूर्व विद्यार्थी समाज गठन हुदै

वैशाख, २२,

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ८ मा रहेको भारती माविमा पूर्व विद्यार्थी समाज गठन हुने भएको छ ।

विद्यालयमा अध्ययनरत विद्यायर्थीहरुको सहयोग, सो विद्यालयमा रहेको शैक्षिक गतिविधीलाई सुधार, आर्थिक कमजोरी भएको विद्यार्थीलाई सहयोग गर्ने र साथै बालमैत्री विद्यालय बनाउने उदेश्यको लागि संघ गठन गर्ने लागेको अनेरास्ववियु रामेछापको नेता एवम् भारति माविका पूर्व बाल कल्बका अध्यक्ष गणेश बुढाथोकी जानकारी दिनुभयो । समिति मंगलबार गठन हुने छ ।