रामेछापमा गाईको मासु खोज्दै हिडेका युवाले बाख्राको पाठो काटे

वैशाख २२,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ४ गैराथोकबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली घर बताउने २४  बर्षीय सन्तोष केसी छन् । उनले गैराथोक निवासी भिम बहादुर पुलामीको एउटा बाख्राको पाठो काटेर मारेका छन् । बाख्राको पाठो काटेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

सोमबार दिउँसो ३ बजेको समयमा गाउँ डुल्दै हिडेका उनले-पुलामीकी श्रिमतीले कता हिडेको भनेर सोद्ध यता गाईको मासु पाइन्छ रे खोज्दै हिडेको भन्ने जवाफ फर्काएको प्रहरी सहयक निरिक्षक नसिम अन्सरिले जानकरी बताउनुभयो । उनको मानसिक सन्तुलन ठिक नभएको हुन सक्ने दाबी प्रहरीको छ । उनले पुलामीका परिवारका सदस्यलाई ढुङ्गा पनि प्रहार गरेको थिए ।

धारिलो हतियार खुकुरी बोकेर गाउँमा प्रवेश गरी घरपालुवा जनावरहरु धमाधम काट्न थालेपछि गैराथोकबासी त्रसित बनेका छन् । मारिसके पछि भैँसी पनि काट्न लाग्दा स्थानीयले देखेर हल्ला गरेपछि स्थानिय र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

युवकको मानसिक सन्तुलन ठिक नभएको हो की भन्ने आशंका गरिएको र घटनाबारे थप अनुशन्धान भैरहेको अन्सरीको भनाइ छ । फोटो Sushree Sunita बाट साभर