लकडाउन वैशाख २५ गतेबाट पुन थप हुने,कहिले सम्म हुने हेर्नुस्

वैशाख,२२,

काठमाडाैं । सरकारले लकडाउन पुन थप गर्ने भएको छ । आइतबार बसेको मन्त्री परिषदको वैठकमा पुन लकडाउन लम्ब्याउने बारे छलफल भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै लकडाउन खुकुलो बनाउन नसकिने बताउनुभयो । उहाँले छिमेकी मुलुक भारतमा संक्रमतिको संख्या उच्च रहेको भन्दै याहाँ लकडाउन खुकुलो बनायमा नेपालमा कोरोना भाइरस संक्रमण तिवृ फैलिन सक्ने सम्भावना रहेकाले तत्काल लकडाउन खुकुलो बनाउन नसकिने बताएको छ । यस बारेमा नेताहरुले सहमति भएको छ ।

प्रधानन्त्री ओलीले गृह मन्त्री रामबहादुर थापा बदललाई सिमामा थप कडाई गर्न पनि निर्देशन दिनुभएको छ । आइतबार मात्रै नेपालमा १६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा ७५ जना संक्रमित पुगेको छ ।


सरकारले गत चैत्र ११ गतेदेखी बन्दाबन्दी गरेको छ । यस अघि पटक पटक थप गरिदै आएको बन्दाबन्दी वैशाख २५ गते सकिदै छ । तर कोरोना संक्रमितको संख्या देशका विभिन्न ठाउँमा बढेसंगै लकडाउन पुन थप गरि जेष्ठ १० गतेसम्म लम्ब्याउने तयारी भैरहेकाे स्रोतले बतायो ।