लिखु तामाकोशीमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला

वैशाख,२२

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं १ मा एक युवक मृत भेटिएका छन् । मृत भेटिनेमा गाउँपालिकाको वडा नम्बर १ दुरागाउँ स्थाइ घर हाल सर्लाही बसाइँसराइ गरेका र लिखुतामाकोशी दिदीकै घरमा बस्दै आएका अन्दाजी २४ वर्षीय दिनेश कार्की रहेको स्थानिय लक्ष्मण खड्काले जनता भ्वाइसलाइ जानकारी दिनुभयो । उनी गएको वैशाख १९ गते राति बाट सम्पर्क बिहिन भएका थिए ।

उनलाई २ दिनपछि आइतबार बिहान घर नजिकैको जंगलमा झुन्डिको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी प्रमुख धोबिडाँडाका प्रहरी निरिक्षक मदन थापाले बताउनुभयो । उनको मृत्युको कारण के भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

फोटो काल्पनिक / फाइल फोटो