विश्वमा ११ लाख ९४ हजार १७७ उपचार कोरोना संक्रमित निको भए

बैशाख २३,

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे सख्या ३६ लाख नाघेकाे छ । अढाई लाख भन्दा बढीले ज्यान गुमाएका छन् । विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण मंगलबार बिहानसम्म २ लाख ५२ हजार २४ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा रहेको छ । अमेरिकामा कोरोनाका कारण ६९ हजार ७२५ को मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १२ लाख १२ हजार ३ सय ५४ रहेको छ । अमेरिकामा हाल सम्म १ लाख ८७ हजार ४ सय ८४ निको भएका छन्।

इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ।

विश्व्भर कोरोना संक्रमितको संख्या ३६ लाख ४२ हजार नाघेको छ । ११ लाख ९४ हजार १७७ उपचार पछि निको भएर घर फर्किसकेका छन्। 

२१ लाख ९५ हजार ८७६ जनाको उपचार भइरहेको छ । जसमध्ये ४९ हजार ६३४ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम रहेको छ।