गाउँको सिंहदरवारले युवालाई गाउँमा बस्ने वातावरण बनाउन सक्छ?

 बिश्वब्यापी महामारीका कारण हामी सबैजनाले संकट बेहोरी रहेका छौँ। लामो समय बन्दाबन्दी भएको छ । सबैजसो मानिसहरू पारिवारिक हुन पाएका छन। आफ्ना बालबच्चा सानो हुँदा भन्दा पछिको यो बसाई पहिलो बसाई हो सबैको ।आफ्ना लालाबालाले पखेटा हाले देखि गुँड नफर्केका र फर्कि हाले पनि दशैँ या तिहार जस्ता चाडबाडको शुभ साईत कुर्नेहरू पनि यो बेला आमाबाबुको समिपमा बस्न पाएका छन् ।आमाबाबु पनि भुर्र उडेर गएको बचेरा आफ्नै गुँडमा फर्कदा दङ्ग छन् । सायद बाबु आमाले फेरी उहि आफ्ना साना नानीबाबु भेटेको महशुस गरिरहेछन् ।

 अरुको कुरा गरि रहँदा आफूचाहिँ दुधले नुहाएर चोखिने पक्षमा म स्वयम् छैन । म स्वयम्  १० बर्ष पछि यति लामो समय गाउँमा बस्ने अवसर पाएको छु। १० कक्षा पाँस गरेर उच्च शिक्षा आर्जन गर्न जाँदा मेरि आमा सिँडिमा बसेर रुनु भएको सम्झेर अहिले दुख्छ मन । बाबा बिस्तारामा बसेर ख्याल गरेस केटा ! भनेको शब्दको अर्थ आज आएर बुझ्दैछु । खोरमा काली बाख्रा ज्यादै कराएको थियो।लामो नङ्ग्रा भएको रातो भाले जोडले बासेको थियो।सँधै मेरै घर वरिपरिको चारो टिप्ने त्यो भगेरो नजिकै नजिकै आएर बाटो छेकेको थियो। म बलजफ्ती जानखोजे पछि सबै छरछिमेक समेतले प्रगति होस भनेर देखावटी हात हल्लाएका थिए।अहिले आएर बुझ्दैछु ती सब के का लागि ? ती सबै चाहन्थे मैले गाउँ नछोडोस् ।

 १० बर्ष शहरमा बस्दा बिहान बेलुका हातमुख जोड्न सक्ने क्षमता त बनाईएछ । धेर थोर शिक्षा आर्जन पनि गरियो । अनगिन्ती साथी बनाइयो। अब मलाई गाउ चाँहिदैन भनियो । क्षणिक सुखसयलमा रमाइयो।

 १० बर्ष शहरमा बस्दा बिहान बेलुका हातमुख जोड्न सक्ने क्षमता त बनाईएछ । धेर थोर शिक्षा आर्जन पनि गरियो । अनगिन्ती साथी बनाइयो। अब मलाई गाउ चाँहिदैन भनियो । क्षणिक सुखसयलमा रमाइयो।लाग्यो दिने जति त सबै सहरले दिएको छ ।बालापानको याद, आमाबाबाको काख, प्रेम,संस्कार,दह्रो पाखुरा, चारो कमाउन सक्ने योग्यता, सम्बन्ध टिकाउने तत्व जस्ता कला कौशलता गाउँले नै दिएको हो ।तर सँधै भनियो- त्यो गाउँले के दिएको छ र ? कहिल्यै सोचिएन की मैले त्यो गाउँलाई के दिएँ त?

 जब संकटमा परियो अनि आफ्नो बाबाआमा, गाउँ, छरछिमेक र खेतबारिको याद आयो। जब लामो समय गाँउ बसियो, अब फेरि शहर जान सकिने अवस्था छैन। बिहान निद्रा नखुल्दै भाले बासेर समयबोध गराएको पल कहाँ पाइन्छ शहरमा ? काफल पाक्यो भन्दै चरा चिर्बिराउदै  आउछ।शहरमा बजार पुगेपछि थाहा हुन्छ । भालेको आवाजलाई ध्यान नदिई सुते भगेरो ओछ्यानमै आएर उठाउँछ ।गाउँमा त सबै चराचुरुङ्गी साथी हुन्छन। शहरमा यो कल्पना समेत गर्न सकिदैन। कालोझार र सिस्नुले साम्राज्यको जरो गाडेको खेतबारी अहिले उन्मुक्तीले मुस्कुराउन थालेको छ। म हिडे देखी बाझो बसेको खेत सकिनसकी मैले खनजोत गरे । सानो हुँदा भोक लाग्यो भनेर खूब चिच्याउँथै । हजुरबा हजुरआमाले भन्नु हुन्थो- भोक लागे खेतबारीलाई रिस देखा नाती, गहिरो कोदालो खन । अहिले बुझे त्यो बचन । लकडाउनले घर बसेको बेला अहिले म त्यै गर्छु ।

चरा नाचेको र कराएकोसुनेर पहिलो भोक यतिकै टर्छ। खुशी हुन्छु। फेरि भोक लाग्छ हरिया रुख हेर्छु कति खुशी देख्छु फेरि भोक टर्छ। अनि उसैको फेदमा सुत्छु। बगेको खोला हेर्छु खै मेरै नाम लिएर गज्रेको सुन्छु । खोलामा पस्छु।

चरा नाचेको र कराएकोसुनेर पहिलो भोक यतिकै टर्छ। खुशी हुन्छु। फेरि भोक लाग्छ हरिया रुख हेर्छु कति खुशी देख्छु फेरि भोक टर्छ। अनि उसैको फेदमा सुत्छु। बगेको खोला हेर्छु खै मेरै नाम लिएर गज्रेको सुन्छु । खोलामा पस्छु। खोला कसैको कुरा सुन्दैन सबैले बैरी भन्छन। तर म गफिएको हुन्छु। र सोच मग्न बन्छु पानी आउदा ठुलो न आउदा सानो त्यसैले खहरे नामिकरण गरेका होलान? घरमा आउछु फलेको मेवा पनि पाकेको देख्छु काक्रो पनि खाने बेला भएको । म एउटा मेवा काट्छु । परिवार मा एउटा चानो भाग पर्छ।त्यो एक चानो  मेवाले अत्याधिक सन्तुष्टी दिन्छ ।त्यो सन्तुष्टीलाई कञ्चन बनाउन एक कचौरो मोहि पिउछु। थोरै खाना खान्छु । तर  यो जिन्दगी ज्यादै खुसी लाग्छ। सधैं लगडाउन भैइदिए हुने जस्तो महशुस गर्छु ।

बन्दाबन्दी खुले पनि म जस्तो कैयौँ युवाहरूलाई गाउँ छाड्न मन नहुन सक्छ आफुले जाने सिकेको सिपलाई यही गाउँमा ओछ्याउन सके समृद्ध गाउँ निर्माणको लागि एउटा ईटा बन्न सकिन्छ । तर सम्झन्छु कहिले पनि गाँउ छाडेर नजाने गाउँका केहि परिवारको आर्थिक अवस्था अनि गाउमा हेर्ने दृष्टिकोण र हतपत झस्किन्छु। भोली मेरो पनि अवस्था यहि हुनेत होइन? सोच्ने गर्छु, होइन मैले त पढेको छु काम गर्ने तरिका छ। फेरि पहिला जस्तो समय छैन प्रजातन्त्र आएको छ। गाउ गाउँमा सिंहदरबार आएको छ।

फेरि झस्किन्छु, के यो गाउँगाउँको सिंहदरबार मेरा लागी हो त ? हजुरिया गर्नेलाई र पाटिको झोला बोक्नेको लागी अहिलेको सिंहदरबार फलदायिक भएको त छैन ?

फेरि झस्किन्छु, के यो गाउँगाउँको सिंहदरबार मेरा लागी हो त ? हजुरिया गर्नेलाई र पाटिको झोला बोक्नेको लागी अहिलेको सिंहदरबार फलदायिक भएको त छैन ? यी उब्जिएका सवाललाई सकरात्मक सोचले जित्छु र योजना बनाउछु मेरो वडामा नमुना कुखुरा पालन गर्छु  । नगरपालिका भरीका लागि चाहिने कुखुरा उत्पादन गर्छु। स्थानीय सरकार सग सम्झौता गर्छु सरकार को अनुदान लिन्छु र केहि युवालाई रोजगार दिन्छु । जिल्लाकै उदारणिय बन्छु। के म जस्ता युवालाई गाउँगाउँको सिंहदरवारले गाउँमा बस्ने वातावरण बनाउन सक्छ त ?