दोरम्बामा चट्याङ लागेर एक महिलाको मृत्यु,एक घाइते

वैशाख २४,

रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा बुधबार साँझा ५ बजे परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा गाउपालिका वडा न १ डडुवा सुर्केकी ४९ वर्षीय सीता श्रेष्ठ रहेको बताएको छ ।

पानीसंगै परेको चट्याङलाग्दा उनको मृत्यु भएको हो ।
विशेष कामले काकासंगै हिडिरहेकी उनको घटनास्थमै मृत्यु भएको हो । उनी संगै
रहेका काका पनि घाइते भएको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको स्थानिय नरेश श्रेष्ठले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।