रामेछापमा आजसम्मका सबै रिपोर्ट नेगेटिभ

वैशाख २४,

रामेछाप । रामेछाप जिल्लामा २ सय १२ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बुधबारसम्म जिल्लाको विभिन्न पालिका तथा नगरपालिकामा ४६ जना महिला र १ सय ६६ जना पुरुषको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड-१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो ।

हालसम्म गरिएको सबै रिपोर्ट सबै नेगेटिभ आएको छ ।