लकडाउन अवधिभर अत्यावश्यक खाद्यान्नका सामग्री वितरण गर्ने काठमाडौं -भिरपानी सम्पर्क समितिको तयारी

वैशाख २४,

काठमाडौं । नेपाली कांग्रेस रामेछाप भिरपानी–काठमाडौं सम्पर्क समितिले लकडाउनका कारण राजधानीमा समस्यामा परेका भिरपानी बासीका लागि राहात संकलन र वितरण शुरु गरेको छ ।

गत बैशाख १० बाट सुरु गरेको राहात वितरणको कार्याक्रम लकडाउन भरिनै गरिने बताएको छ ।
नेपालि कांग्रेस खाँडादेवी गाउँ पालिका-३ भिरपानी काठमाण्डौ सम्पर्क समितिले राहात वितरण गर्दै आएको प्रदेश “ख” का कोषाध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी जानकारी दिनुुभयो ।

भिरपनीबाट काठमाण्डौका विभिन्न ठाउँमा गएर ज्याला मजदूर गरी बस्ने तथा समस्यामा परेका सुत्केरी महिला,बिद्यार्थीलाई सहयोग गरेको उहाँको भनाई छ । हालसम्म १५ परिवारलाई राहात बितरण गरिसकेको बताएको छ ।

पूर्वनेविसंघ केन्द्रीय सदस्य बिष्णु श्रेष्ठले लकडाउन अवधिभर अत्यावश्यक खाद्यान्नलगायतका सामग्री वितरण गर्ने कार्य जारी रहने बतानुुभयो । त्यसैगरी रामेछाप काठमाण्डौ सम्पर्क समितिका सदस्य प्रदीप सुनुवारले यो अभियानमा सबै भिरपानीबासीलाई सहभागी भइदिन अपिल गरेका छन् ।