विश्वबाट कोरोना हटोस् भन्दै भोली साँझ ७ बजे सबै नेपालीको घर घरमा दिप प्रज्वलन

वैशाख २४

रामेछाप, सरकारले भोली (बिहिबार) साँझा ७ बजे दीप प्रज्वलन गर्न सबैमा नेपालीमा आवह्ववान गरेको छ । कोरोना भाइरस महामारी संग जुधिरहेको बेला कोरोना विरुद्धको संघर्षमा ऐक्यवद्धता जनाउन २५६४ बुद्ध जयन्तिको अवसर पारेर यस्तो आवह्ववान गरेको हो ।

विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्मजयन्तिको अवसर पारेर सारा नेपालीको घर घरमा दियो बाल्न सरकारले आग्रह गरेको हो ।
कोरोनाको महामारी विरुद्ध स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षकर्मी, स्वयंसेवक, संक्रिमित ब्यक्तिहरुको कामना सहित दियो बाल्न लागिएको छ । मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गरिने छ । भोली सरकाले सार्वजनीक विदा पनि दिएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या बुधबार मात्रै एकै परिवारका १७ जनामा पुष्टि भएर ९९ जना पुगेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।