रामेछापमा कोरोना आशंकमा उदयपुरबाट आएका दुई जनाको स्वाब परीक्षण गर्न टेकु पठाइयो

वैशाख २५,

रामेछाप । रामेछाप जिल्लाबाट फेरी दुई जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ । मन्थली नगरपालिका–४ घर भएका २० र ४८ वर्षका २ जना पुरुषलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनिहरुको स्वाब संकलन गरेर परीक्षण गर्न टेकु पठाइएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु एक साता अघि उदयपुरबाट आएका थिए ।

उनीहरुलाइ रुघाखोकी र ज्वरो आएको र केही दिनयता मन्थली नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । यस अघि पनि चार जनाको स्वाब परीक्षण गर्न पठाइएको थियो । उनीहरुको सबैको रिपोर्ट नेगेटिभ आएको छ । file Photo