सोलुखुम्बुमा उदयपुरबाट आएकी एक महिलाको आरडीटी परिक्षण पोजेटिभ,आवगमन बन्द

बैशाख २५,

सोलुखुम्बु । सोलुखुम्बुमा २८ बर्षिय एक महिलामा आरडीटी परीक्षण पोजेटिभ देखिएको छ ।

एक हप्ता अघि परिवारसहित उदयपुरबाट सोताङ गएकी ती महिलाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख कर्मचन्द राजबंशीले जानकारी दिनुभयो ।
उनलाई सोताङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखिएको छ ।

योसंगै पिसिआर परिक्षण गर्न स्वाब संकलनका लागि प्राविधिक टोली सोताङ पठाउने तयारी भएको प्रमुख राजबंशीले जानकारी दिनुभयो ।

आवागमन बन्द

यता थुलुङ दुधकोशी गाउँपालिकाको दिप्लीघाटमा आवागमन बन्द गरिएको छ । छिमेकी सोताङ गाउँपालिकाको एक जनामा आरडीटी परीक्षणमा पोजेटिभ नतिजा देखेपछि थुलुङ दुधकोशी गाउँपालिकाले दिप्लीघाटमा हेल्थ डेस्क सहित सुरक्षा पोष्ट खडा गरेर आवागमन बन्द गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।