कुमारी मन्दिर परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

वैशाख २६,

रामेछाप । काठमाण्डौमा ब्लडपलले आकास्मिक रक्तादन सम्पन्न गरेको छ । डिजी पे, श्री कंग अजिमा सास्कृतिक पुच तथा नेपाल दशनामी यूथको संयुक्त प्रयासमा आकस्मिक रक्तदान कार्यक्रम गरेको हो ।

कोभिड -१९ महामारीको विषम परस्थितिलाई ध्यानमा राख्दै रगतको अभाव सिर्जना भइ कसैको पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान गरिएको हो । ब्लडपल, डिजी पे, श्री कंग अजिमा सास्कृतिक पुच तथा नेपाल दशनामी यूथको संयुक्त आयोजनामा काठमाडौंको यत्खा १९ मा श्री कुमारी मन्दिर परिसरमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको हो ।

सामाजिक दुरी कायमसहित गरीएको सो रक्तदानमा ४४ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक एंवम ब्लडपलका सक्रिय सदस्य तुला बहादुर सुनुवारले जानकारी दिनुभयो ।