रातो रगतमा कालो सिण्डिकेट

बाल्यकाल देखि सुनिदै आएको नारा मध्येको एक नारा हो – रक्तदान जिवनदान ! जिवनमा गर्ने मध्ये सबैभन्दा पूण्यको दान भनेकै रक्तदान हो रे । यि र यस्ता इमोसनल श्लोगन दिएर नेपाल सरकारमा बहुतै पकट जमाउन सफल एक एन. जि. ओ (नेपाल रेडक्रस सोसाइटी) ले गाउँ, शहर, पहाड, पर्वत, हिमाल, तराई, विद्यालय, कलेज विभिन्न कार्यलयहरुमा वर्षको एक पटक रक्तदान गर्न चिल्ला मिठा भाषण गरेर प्रोत्साहन गरे । बेनिफिटको शब्दलाई लुप्त राखी कसैको जिबन बचाउन का लागि तपाइहरुको प्रत्येक ३३ महिनामा खेर जाने सेलको दानले एक जनाले जिवन पाउँछन् भन्ने इमोसनल भाव दर्शाइ ब्लड डोनेशन गराउन सफल भएका छन् । मेरो यस लेखको मक्सद यो पक्कै पनि होईन कि , रक्तदानले जिवनदान गर्दैन भन्ने । पक्कै पनि हाम्रो खेरजाने रगतले अरुले आफ्नो जिवन बचाउन पक्कै सक्छन । यदि रक्तदान नगर्ने हो भने सवै हस्पिटलमा विरामी हरुको असिमित मृत्यु हुन्छ ,यो ध्रुब सत्य हो कि, रगत विना अपरेसन लगायत्का उपचारमा रिस्क उच्च हुन्छ तसर्थ रक्तदान अनिवार्य हो । तर यहाँ उल्लेख गर्न खोजेको चाँहि रक्तदान गराउने संघ–सस्थाहरुमा लुकेको भित्री पाटो अर्थात् रगतको कालो धन्दाको हो । हो रातो रगतको कालो धन्दा उल्लेख गर्न गइरहेको छु प्रमाण सहित ।अहिले जताततै शहर, बजार, हाट , मेलापात, चिया चौतारी, चमेना गृह , कार्यालय, कलेज, विद्यालय, देखी खेत खलिहान सम्म सुनीदै आएको शब्द हो ‘सेन्डिकेट’ । हालै मात्र सरकारले सार्वजनीक यातायात क्षेत्रको सेन्डिकेट अन्त्य भएको घोषणा गरेका छन् भने अबको ध्यान भनेको तरकारी, खाद्यान्नमा रहेको एकाधिकार तोडी सबै प्रकारको सेन्डिकेटको अन्त्य गरी “सुखी नेपाल समृद्द नेपाल” को अभियानलाइ पुर्न रुप दिने भनेर वाम गठबन्धन या नेकपा र मजफो सम्मिलति सरकार ले गरेको वाचा र अघि सारेको कमिट्मेन्ट लाई अब रगत तिर ढल्किनु पर्ने अपरिहार्य आवश्यकता भएको छ ।

✍️ निर्मल घिमिरे 

जव रगत आवश्यक भएको प्रेस्क्रिप्शन डाक्टरले काटिदिन्छन् अनि सुरु हुन्छ रगत व्यवस्थापन गर्ने चिन्ता । किनकी रेडक्रस नामको एन.जि.ओ बाहेक अरु कसैले यो संकलन गर्न नपाईने भएर होला उसको रगतमा एकाधिकार भएको र सेडक्रसको पनि शाखा कार्यालयहरुमा वडो मुस्किलले रगत पाउन सकिन्छ ।

जसरी सार्वजनिक सवारी साधनमा, तरकारीमा, खाद्यान्नमा, इन्धनमा, सिण्डिकेट छ, त्यो सबै भन्दा बढि सम्वेदनशिल सिण्डिकेट भनेको स्वास्थ्य क्षेत्रमा रहिरहेको हामी देख्न सक्छौ । स्वास्थ्य क्षेत्रमा रहेको विद्यमान सेण्डिकेट मध्ये विरामीहरुलाई आवश्यक पर्र्र्र्ने रगत आपूर्ति गर्ने निकाय नेपाल रेडक्रस सोसाइटी सँग सम्वन्धित एकाधिकारको वारेमा यहाँ उल्लेख गर्न गइरहेको छु ।म रक्त सम्बंधि एकजना विरामीको घरको सदस्य हुँ । हामी विगत ५ वर्षदेखि काठ्मान्डौको एक अस्पतालमा उपचाररत् छौँ । हामीलाई प्रति महिना नै रातो र सेतो गरी औसतमा ६/७ प्याकेट रगत आवश्यक पर्ने गर्दछ । नेपालका ठुल–ठुला अस्पतालहरुले पनि ९९% रगत व्यवस्थापन गरेका हुदैनन् । जव रगत आवश्यक भएको प्रेस्क्रिप्शन डाक्टरले काटिदिन्छन् अनि सुरु हुन्छ रगत व्यवस्थापन गर्ने चिन्ता । किनकी रेडक्रस नामको एन.जि.ओ बाहेक अरु कसैले यो संकलन गर्न नपाईने भएर होला उसको रगतमा एकाधिकार भएको र सेडक्रसको पनि शाखा कार्यालयहरुमा वडो मुस्किलले रगत पाउन सकिन्छ । सवै रगत पाईने एकमात्र स्थान भनेको रेडक्रसको केन्द्रीय कार्यालय हो । जुन कार्यालय भुकम्प अघि सम्म काठ्मान्डौ प्रदर्शनीमार्गमा थियो तर जब भुकम्प गयो तब उसले कार्यालय ललितपुर च्यासल भन्दा पर खोलाको मसानघाट छेउमा रहेको घर भाडमा लिएर संचालन गरिरहेको छ ।

भृकुटीमण्डप नजिक कार्यालय हुदाँ कम से कम दिनभरी र साझ सम्म त सार्वजनिक सवारी साधनको सुविधा पाईन्थ्यो तर जब सो मसानघाट नेर सुरु गरीयो, तब न त्यो ठाउमा कुनै सार्वजनिक यातायात सञ्चालन हुन्छ न त नौलो ठाउँका विरामीका मानिसहरु सजिलै पुग्न नै सक्छन् । अत्यन्तै एकान्तमा रातको समयमा महिला केटाकेटीहरु सो ठाउँमा हिड्न समस्या, पुग्न समस्या हुन्छ । अचेल सुनेको छु, त्यो सरेर कालिमाटी तिर पुगेको छ भन्ने सुनेको छु ।

जुन व्यवहार देख्दा लाग्छ कि काउन्सिलिङ्ग भनेको मनको कुरा बझेर ईम्प्याथी दिनु पर्नेमा मनमा झन् पिडा दिएको हामी देख्न सक्छौ । अचेल सुनेको छु, त्यो सरेर कालिमाटी तिर पुगेको छ भन्ने सुनेको छु । 

डाक्टरले दिएको प्रेस्क्रिप्शन अनुसारको कागज र अस्पतालमा २००० भन्दा वढी धरौटी राखी ल्याएको भाडा बोकी आउँदा ९९% ले प्रथम आगमनमा रगत नपाईने, उता अस्पतालले “अपरेसन गर्न विरामीलाई रगत अर्जेन्ट छ चाडो ल्याउनुहोला” भनिएको हुन्छ तर जब रेडक्रसमा पुगिन्छ, रगत पाईदैन । विहान ८ः०० बजे तिर पुगेका सेवाग्राही हरुलाई “साझको ६ः०० बजे पश्चात मात्र आउनु तर निश्चिन्त रुपमा ढुक्क भएर नआउनु” भनेर निराशावादी उत्तर दिएर विरामीको आफन्तलाई डिमोटिभेसन गर्ने शब्दले बोल्छन् । भन्नलाई तथा देखाउनका लागि त एक कोठामा परामर्श कक्ष भनेर एक डिपार्ट पनि राखिएको देखिन्छ तर परामर्स भनिएता पनि त्यहाँ बस्ने परामर्स दाताको शैली यति रुखो हुछ कि, संसारमा सबैभन्दा रुखो र तुच्छ व्यवहार गर्ने मानिसहरु काउन्सिलर को रुपमा त्यहाँ रहेका हुन्छन । जुन व्यवहार देख्दा लाग्छ कि काउन्सिलिङ्ग भनेको मनको कुरा बझेर ईम्प्याथी दिनु पर्नेमा मनमा झन् पिडा दिएको हामी देख्न सक्छौ । अचेल सुनेको छु, त्यो सरेर कालिमाटी तिर पुगेको छ भन्ने सुनेको छु । 

अस्पतालले कुनै पनि बिरामी गम्भिर प्रकृतिको अवस्था नआई रगत माग गर्दैन । अनि विरामीका आफन्त पनि सोही अनुसारको तनावमा हुन्छन् । तनावको समयमा टाढा– टाढाको अस्पतालवाट त्यस अनकन्टार , निर्जन स्थानमा पुग्दा जो कोही केहि आत्तिएर बोल्नु स्वभाविक नै हो । यो समयमा विरामिका आफन्तहरुलाई त्यहाका काउन्सिलर, कर्मचारीहरुले ढाढस दिनुपर्नेमा टर्रा बोली बचनले व्यवहार गर्दा सेवाग्राहीहरुको प्रत्येक दिन कुँडिएको मन हामी केन्द्रीय रक्त सञ्चार केन्द्रको प्राङ्गणम देख्न सक्छौ । त्यहाँ रगत जति उपलब्ध हुन्छ , त्यति मात्र वितरण गर्नु स्वभाविक भएता पनि घण्टौ देखि लाईनमा वसिरहेकाहरु लाईनमै हुन्छन तर पहुँचवालाहरु विना कुनै लाईन सरर आइ लिएर जान्छन् । विरामी सवैका उत्तिकै मुल्य र मान्यताका हुन्छन ।

सरकार वा राज्यले विरामीहरुका लागि निशुल्क उपलब्ध गराउँने भनेको रगत टेस्टको नाममा अनेक अनेक शिर्षकमा रगतलाई अस्पताल र रिकोमेन्डेसनको आधारमा रेडक्रसले पैसा असुल गरीरहेको छ ।

गाम्भिर्यताका आधारमा विरामीहरुका लागि रगतको व्यवस्था गराउँनु पर्नेमा रेडक्रसले व्यक्तिगत पहुँचका आधारमा रगत उपलब्ध गराई रहेको देख्दा लाग्छ, रक्तदान जिवन दानको नारा केवल इमोसनल ब्लाकमेलिङ भन्दा अन्य होइन । सरकार वा राज्यले विरामीहरुका लागि निशुल्क उपलब्ध गराउँने भनेको रगत टेस्टको नाममा अनेक अनेक शिर्षकमा रगतलाई अस्पताल र रिकोमेन्डेसनको आधारमा रेडक्रसले पैसा असुल गरीरहेको छ । विभिन्न परिक्षणको नाममा ब्लड बैंक मै पैसा धुतिन्छ र सो रगतलाइ अस्पताल ल्याइपु¥याए पछि पुनः क्रस म्याचको शिर्षकमा अर्को पटक पुनः पैसा तिराइन्छ । 
यसरी राज्यले निशुल्क तोकि दिएको अत्यावश्यकिय वस्तुमा कुनै एक एन.जि.ओ ले सिन्डीकेट लाउनु र मन लागी रुपमा पैसा अशुल गर्नु त्यो पनि विल नै काटेर , त्यसलाइ हामी के भन्न सक्छौ ? रेडक्रसको दादागीरी यति चड्दो अवस्थामा छ कि, त्यो सेवा प्रदायक संस्था नै होइन । त्यहा रातो रगतको कालो धन्दा गरिरहेका मनुवाहरु वग्रेल्ती भेटिनछन । जसले कसैलाइ टेर्दैनन् । उनीहरुको राज यत्तिविध्न देख्न सकिन्छ कि, उनीहरुले आफैले सरकार संचालन गरी रहेका छन् ।पुष्पकमल दहाल (प्रचण्ड) को कार्यकालका स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास गरेका थिए । उनको प्रयासलाइ पक्ष विपक्ष सबैले प्रशंसा गरेका थिए ।

अन्त्यमा, न्यूनतम् ५ वर्षका लागि निर्माण भएको यस दिगो सरकारले जसरी आफुले अघि सारेको नारालाई सार्थक वनाउन कुनै पनि कम्प्रोमाइज नगर्ने प्रतिवद्धता जनाएका छन्

रक्तदान गरिएको रगत निशुल्क विरामी सम्म पुग्नुपर्दछ भनेर थापाले सो समयमा पहल कदमी गरेका थिए तर छोटो समयमै सरकार ढलेको कारण सो काम पुरा हुन सकेन । त्यसपछिका स्वास्थ्य मन्त्री अधिकांस समय विना विभागिय अर्थात जिम्मेवार विहिन भएर रहनु प¥यो ।अब भानुभक्त ढकालले यो सिन्डिकेट तोड्न सक्नै पर्छ। उनले रगतमा रहेको यस प्रकारको एकाधिकार र विरामीलाइ परीरहेको मार्कालाई बुझिदिए मात्र पनि लाखौँ–लाख विरामीले राहतको महशुस गर्दछन् ।

अन्त्यमा, न्यूनतम् ५ वर्षका लागि निर्माण भएको यस दिगो सरकारले जसरी आफुले अघि सारेको नारालाई सार्थक वनाउन कुनै पनि कम्प्रोमाइज नगर्ने प्रतिवद्धता जनाएका छन् र देशमा अव सवै प्र्रकारको सिण्डिकेट अन्त्य हुने वचनवद्धता प्रधानमन्त्रीवाट जाहेर गरी एक्शन लिएको र अन्य स्थानमा जस्तै रातो रगतमा भएको कालो चलखेल र सो को सिण्डिकेट अन्त्य गरी सर्वसाधारण जनताहरुको च¥याइरहेको मनमा मल्हम लगाउन कस्तो कदम चालिने हो, त्यो हेर्न वाकी छ । सरकारले अत्यावश्यकीय पदार्थमा कुनैपनि हालतको वन्द, हड्ताल तथा रोकावट गर्ने लार्ई कानुन अनुसार अपराधि करार गरी कारवाही गर्ने भनी कानुन नै निमार्ण गरी आफ्नो निति तथा कार्यक्रममा प्राथामिकताका साथ उल्लेख गरिएको र सो लाई अक्षरश पालना नगर्ने÷नगराउने जो सुकै लाई पनि “जेरो टोलोरेन्स” अथार्त शून्य सहनशिलताको निति अपनाई कारवाही प्रकृया अगाडी वढाउने कुरा उल्लेख गरिएको छ । यदि यो आलेख स्वास्थ्यमन्त्री ज्यु ले पढ्नु भएर यो कालो धन्दा लाई रोकिदिन सक्नु भने र यस सिण्डिकेटको अन्त्य मात्र गर्नु सक्नु भयो भने पनि स्वास्थ्य मन्त्रीको यो ५ वर्षे कार्यकाल सफल भएको मानिनेछ ।