हामी स्वतन्त्र छैनौ, सरकारले हामीलाई बिभिन्न निति नियममा बाधेको छ

नयाँ शैक्षिकशत्रका लागि विद्यार्थी भर्ना अभियान चलाउन ढिला भै सक्यो । नेपालमा कोरोना संक्रमणको संख्या बढि राखेको छ ।यो अवस्थामा तपाई के गर्दै हुनु हुन्छ रु सरकारबाट कस्तो कदमको अपेक्षा राख्नु हुन्छ ?

कोरोना संक्रमण हाम्रो मात्र समस्या भन्दा पनि अहिले ब्रमाण्डकै समस्या भैसक्यो । यसको असर सबै क्षेत्रमा देखिएको छ ।त्यस मध्ये पनि शिक्षा क्षेत्रमा डरलाग्दो असर छ। कारण हो शैक्षिक शत्रको समय।यो बेला बिद्यार्थी भर्ना भएर माथिल्लो कक्षामा जानु पर्ने बेला घरमै लकडाउनको प्रेममा छन्। यो भयाभह अबस्था हो। कहिले सम्म भन्ने पनि ग्यारन्टी छैन ।हामी सनसाइन बिद्यालय परिवारले यो अबस्थामा बिद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गरेर थोरै समयको लागी भएपनि शैक्षिक माहोलमा जोड्ने प्रयत्न गरेका छौ।तर यो नै अहिलेको समस्याको पूर्ण निकास हैन। यस बेला फेरि एउटा ब्यक्तिले चाहादैमा केही गर्न सकिने अबस्था पनि छैन। हाम्रो सनसाइन बिद्यालय प्रशासन पनि बिद्यार्थीको भबिष्यप्रति धेरै नै चिन्तित छ। यस समस्याका सम्बन्धमा राज्य अलि जिम्मेबार हुनुपर्छ। अहिले नै तात्तातै भर्ना अभियानमा जानु बुद्धिमानी हैन जस्तो लाग्छ। शिक्षामन्त्रीको भर्ना अभियान चलाइहाल्ने मनशाय देखिन्छ यो गलत हो भन्छु म त किनकि पछिल्लो समयमा झन् संङ्क्रमितहरु बढिरहेको अबस्था छ, मलाई लाग्छ अहिले हामी नआत्तिकन केही समय धैर्य गरौ अनि संङ्क्रमण कम हुन थालेपछि उच्च सर्तकताका साथ भर्ना अभियान सुरु गर्दा समयानुकुल हुनेछ। यसमा सुरक्षाका लागि चाहिने आबश्यक पूर्वाधार राज्यले तयार पारिदिनु पर्छ।

SEE परिक्षा दिने र ११,१२ का विद्यार्थीहरुको पठनपाठन सक्रियता र निरन्तरताका लागि यहाँहरूले के गर्दै हुनुहुन्छ ?

वास्तवमै यो समय कसैले पनि कल्पना नगरेको,नसोचेको र नभोगेको समय हो। एस. ई.ई. दिने बिद्यार्थीको लागि त दशैमा जमरा राखेपछि जुठो परेझै भयो। सबै तयारी पूरा गरेर बसेका बिद्यार्थीलाई लगभग १५ घण्टा अगाडी परीक्षा स्तगित गरेर सरकारले आफ्नो बालापन देखाएकै हो। यसको मतलब परीक्षा हुनुपर्थ्यो मैले भन्न खोजेको हैन, यद्यपि परीक्षा स्तगित हुने समय नमिलेको हो , अब यो तर्क छोडौ जे नहुनु पर्थ्यो भै सक्यो । हामीसंग अहिले +2मा होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स र बेसिक म्याथको कक्षाहरु सञ्चालनमा छन्।यो ठूलो प्रतिकुल माहोलको सिर्जना भएपछि हामीले धेरै बहस गर्यौ म आफै पनि +2 को कोओर्डिनेटर भएको हैसियतमा चासो र चिन्ता थियो नै, हामीले तत्काल अनलाइन शिक्षक मिटिङ राख्यौ सबै साथीहरुको राय बुझ्यौ। केही अभिभाबकहरु र बिद्यार्थीहरुको पनि मनशाय बुझ्यौ। सरकारले गर्न नसकेको काम हामीले के गर्न सक्थ्यौ अन्तत: निशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने निष्कर्षमा हामी पुग्यौॅ र अहिले सञ्चालन गरिराछौ तर मैले माथि पनि भनिसकेको छु यो नै पूर्ण समाधान हैन यो झिनो बिकल्प मात्रै हो। अब कुरा आयो नियमित कक्षा सञ्चालनको। मलाई लाग्छ यो नियमित कक्षा सञ्चालनमा अहिले हामी आत्तिएका छैनौ। किनकि यो सबैको साझा समस्या हो। यौटा गित छ नि ” नेपाली हामी रहुला काहा नेपालै नरहे ” हो यो रोगले हामीलाईनै राखेन भने पढाइको के कुरा । तसर्थ हामी लक डाउन पछिका कक्षालाई धेरै भन्दा धेरै प्रभाबकारिता कसरी बनाउन सकिन्छ भनेर पूर्ण रूपमा लागेका छौ।।

शिशु कक्षादेखि कक्षा : ९ सम्म चाहिँ के गरी चलाउने रणनीति बनाउनु भएको छ यहाँले ? कि सरकार कै मुख ताक्नुहुन्छ ?

हामीले सरकारको मुख ताक्नु ठूलो कुरा हैन । हामी स्वतन्त्र छैनौ सरकारले हामीलाई बिभिन्न निति नियममा बाधेको छ । अर्को कुरा हाम्रो देशका धेरै जिल्ला साक्षर जिल्ला घोषणा गरिएका छन्। यी सबैमा हामी नीजी स्कुलको योगदान डरलाग्दो छ। सरकारले घोषणा गर्ने राष्ट्रिय परीक्षाको नतिजामा नीजी स्कुलकै बाहुल्यता हुन्छ । नढाटी भन्ने हो भने देशको शैक्षिक इज्जत हामीले बचाएका छौ । अनि हामीले सरकारको मुख ताक्न नपाउने। यद्यपि हामीलाई सरकारले सौताको व्यबहार गर्छ। हामी पनि आफै सक्षम छौ नै सरकारको मुख ताक्दैनौ पनि। कक्षा १ देखि ९ लाई कसरी सञ्चालन गर्न सकिन्छ भनेर प्याप्सनले राष्ट्रिय स्तरबाटनै यौटा धारणा छिट्टै नै सार्बजनिक गर्दैछ।यसको अलवा शिक्षा मन्त्रालयले पनि पक्का केही निर्देशन दिन्छ नै ।

उद्धबप्रसाद आचार्य

दशैँ सम्म पनि कोरोनाको भयावह अवस्थामा केही कमि आएन र स्कुलहरू लकडाउन मै रहिरहे भने राज्य र स्थानीय तहले के उपाय अपनाउनु व्यवहारिक हुन्छ होला ?

बढो आबश्यकीय प्रश्न सोध्नु भो हो यो भयाबह कहिले सम्म भन्ने एकिन छैननै। पछिल्लो समयलाई अध्ययन गर्ने हो भने पक्का पनि लकडाउन केही स्थानमा खुकुलो भए पनि केही स्थानमा बढ्ने अनुमान लगाउन सकिन्छ , त्यस माथि पनि हाम्रो स्कुल महोत्तरी जिल्लामा पर्छ। यो जिल्लालाई सरकारले उच्च जोखिममा राखेको छ,यसरी हेर्दा स्कुल कहिले खुल्छ भन्ने प्रश्न अनुत्तरित छ,राज्यले पनि यसलाई राम्ररी अध्ययन गरेर ठोस निर्णय ल्याउन सक्नुपर्छ। हुनत शैक्षिक सत्र केही पर धकिलिदैमा सबै सकियो भन्ने हुदैन। सामाजिक दुरी कायम गरेर रोटेशनमा कक्षा सञ्चानन गर्न सकिने अबस्था आपतकालिन एउटा उपाए हुनसक्छ। अर्को भनेको जहिले बाट स्कुल सञ्चालन हुन्छ त्यस पछि स्थानीय सरकारले अत्याबश्यक बाहेकका बिदाहरु कटौती गरेर पनि कक्षा सञ्चालनको बाटो खोलिदिनु पर्छ भन्ने लाग्छ मलाई।

तपाई त साहित्यकार पनि हुनुहुन्छ ।नेपाली साहित्यले यो अवस्थामा नेपाल र नेपालीलाई के दिन सक्छ ?

म साहित्यकार भन्दा पनि साहित्यको बिद्यार्थी हुॅ। भनिन्छ साहित्य समाजको ऐना हो , साहित्य मार्फत समाजलाई परिबर्तन गर्न सकिन्छ। यो बेला आम नेपालीहरु एकान्तबास (लकडाउनमा) छन्। हामी सर्जकहरुले आफ्ना सिर्जना मार्फत सबैलाई जनचेतना फैलाउन सक्नुपर्छ। आफ्नै घरमा बसी बसी पाठकहरुले सिर्जनाबाट मनोरन्जन र केही चेतना र ज्ञान लिन सकून साहित्यकारहरुले यो कुरा मनन गर्नु पर्छ।।धन्यवाद ।