आज बिहान ७ जनामा कोरोना पुष्टि, संख्या १ सय ९

वैशाख २७,

काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । आज बिहान ७ जनामा कोरोना पुष्टि भएको छ ।

आज राष्ट्रिय जनवास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल विराटनगरको प्रयोगालामा गरिएको परिक्षणमा नयाँ संक्रमित पष्टि भएको हो ।

पुष्टि भएकाहरु उदयपुरको भल्केका १८, ४५, र ६५ वर्षका महिला ३ जना र कपिलवस्तुका १७, १८, र १७ वर्ष र आर्का एक ६२ वर्षीय पर्साका छपकैयाका परुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह– प्रवक्ता डा।समिरकमार अधिकारीले जानकारी दिनुभयो ।