तीन दिन अघि परेको चट्याङका कारण रामेछाप र आसपासका स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्

वैशाख २७,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा लगायत आसपासका स्थानियहरु नेपाल टेलिकमको सेवाबाट बञ्चित भएका छन् । तिलबारीमा रहेको नेपाल टेलिकमको टावर ३ दिन अगाडी बर्षासंगै परेको चट्याङले क्षेति पुर्याउदा समस्या भएको ओखलढुंगा लिखु गाउँपालिका १ च्युरीडाँडाका स्थानिय बिनोद गजुरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार तीन दिनदेखी सेवा अवरुद्ध हुँदा स्थानियहरु सम्पर्क विहिन भएका हुन् । त्यहाँ नेपाल टेलिकमको मात्रै सेवा रहेको र त्यो पनि अवरुद् हुँदा सम्पर्क बिहिन भएका हुन् ।

यता नेपाल टेलिकम जिल्ला शाखाका प्रमुख बिष्णु भण्डारीले प्रविधिकको टोली सम्बन्धीत स्थानमा पुगेकाले क्षेति पुर्याएको सामानहरुको पहिचानको काम जारी रहेकाले समस्या केही दिनमा हल हुने बताउनुभयो । file : Photo