पसलमा सामान किन्न आएकलाइ निशुल्क सामान दियर पठाउछन् बिपि कोइराला प्रतिष्ठानका अध्यक्ष खड्का

वैशाख २७,

रामेछाप । नेविसंघका पुर्व अध्यक्ष तथा बिपि कोइराला प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काले बन्दाबन्दीले समस्यामा परेका विभिन्न पालिकाका तथा नगरपालिकाका ब्यक्तिहरुलाई खाद्ययन्न सहयोग गर्नुभएको छ ।

बन्दाबन्दी भएयता आफुले विभिन्न मानिसहरुको समन्वयमा ५० जनाभन्दा बढीलाइ खाद्ययन्न निशुल्क सहयोग गरेको जानकारी दिनुभयो । उहाँले आफ्नो खाद्ययन्न पसलमा खरिद गर्न आउनेहरुलाइ आर्थिक अभाव भएर सामान खरिद गर्न नसक्नेलाई निशुल्क सामान दिएर पठाउने गरेको बताउनुभयो ।

उहाँले आफुलाइ विभिन्न ठाउँबाट आफुहरुलाइ सहयोगको आवश्कता भएको भन्दै दैनिक ४÷५ फोन आउने नगरेको बताउनुभयो । यसरी शनिबार सम्म आफुलाई १०० भन्दा बढी फोन आएको सुनाउनुभयो । हाल सम्म आफुले रस्नालु, प्रिति, हिमगंगा, खाँडादेवी लगाएतका ठाउँका ४८ जनालाइ राहात दिसकेको बताउनुभयो । उहाँका अनुसार बन्दाबन्दीले एक ठाउँमाबाट अर्को ठाउँमा आर्थिक अभाब जान नसकिरहेकाहरुलाई यातायातको पनि ब्यवस्था गरेको सुनाउनुभयो ।