रामेछापका कांग्रेसका नेताहरु काठमाडौंमा अप्ठायारोमा परेकालाई २९ दिनदेखी खाना खुवाउदै

वैशाख २७,

रामेछाप । रामेछाप जिल्लाबाट काठमाडौं गएर रोजगारी तथा विभिन्न काममा संलग्न रहेका नागरिहरुलाई रामेछाप जिल्लाका नेपाली कांग्रेसका नेताहरुले राहात उपलब्ध गरेका छन् । जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकाका नेताहरुको सक्रियतामा बन्दबन्दीले समस्यामा परेकाहरुलाई निशुल्क खानाको ब्यवस्था गरेको गोकुल गंगा गाउँपालिकाका बिपि कोइराला प्रतिष्ठानका अध्यक्ष काजी कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ब्यक्तिगत खर्चमा नेताहरु दिनेश घिमिरे, काजी कार्की, पुजन घिमिरेको पहलमा २९ दिनसम्म निशुल्क खाना खुवाउने काम भैरहेको छ । यो क्रम अझै जारी रहेको उहाँका भनाई छ ।

काठमाडौंको डल्लु,  हनुमानढोका,  जैसिदेवल, बङमुडा लगाएतका मन्दिर आसपासमा बसेका रामेछाप, नुवाकोट, सिन्धुली, ओखलढङ्गा, दोलखा, रसुवालगाएत जिल्लाका नागरिकहरुलाई खानाको प्रवन्ध गरेको उहाँको भनाई छ । फोटो Kaji Karki