रामेछापको देउरालीमा ट्याक्टर दुघटना

वैशाख २७,
रामेछाप । रामेछाप देउरालीमा ट्याक्टर दुघटनामा परेको छ । शनिबार मन्थलीबाट साघुटार हुँदै ओखलढुंगाको यसमतर्फ हिडिको ना २ त ९२४१ नंबरको ट्याक्टर रामेछाप नगरपालिका २ देउरालिमा दुर्घटनामा परेको रामेछाप प्रहरीका प्रवक्ता टेकेन्द्र शर्मा पौडेले जानकारी दिनुभयो । ।

खाद्ययन्न सामाग्री बोकेर हिडेको ट्याक्टर आज बिहान ९ बजेको समयमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ५ लाखभन्दा माथिको क्षेती भएको देउरालीका स्थानिय विजय कार्कीले जानकारी दिनुभयो । ट्याक्टर करिब १० मिटर तल खसेको छ ।