६३ वर्षीय वृद्धले कोरोनालाइ जिते

बैशाख २८

रामेछाप । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुईजना कोरोना संक्रमित विरामी उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा भोजपुरका २७ वर्षीय युवक १० र झापा दमकका ६३ वर्षीय वृद्धलाई रहेका छन् ।

योसँगै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट पूर्ण रुपमा निको भई घर गएका व्यक्तिहरुलाई परिवार र समुदायको साथ–सहयोगको आवश्यक पर्ने हुँदा विभेद नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निको भएका व्यक्तिहरुलाई परिवार र समुदायले विभेद गरी छुट्टै स्थानमा राखिएको सूचना आएको भन्दै उनीहरुमा रोग सार्ने क्षमता नभएकाले सामान्य जीवनयापनमा फर्कन दिन आग्रह गर्नुभयो । । फोटो सामाजिक संजाल