रामेछापमा २ सय १४ जनाको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ,२८ जना क्वारेन्टिनमा

बैशाख २८

रामेछाप । रामेछाप जिल्लामा २ सय १४ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

आजसम्म जिल्लाको विभिन्न पालिकामा महिला ४६ जना र पुरुष १ सय ६८ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड-१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजसम्म रामेछापमा विभिन्न पालिकामा २८ जनालाई क्वारेन्टिनमा राखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।