उमाकुण्डका सबै जनप्रतिनीधि र कर्मचारीले १५ दिनको तलब भत्ता कोरोना कोषलाई दिने

वैशाख २९,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका जनप्रतिनीधिहरु सबैले १५ दिनको तलब भत्ता बराबरको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् ।

आइतबार गाउँकार्यपालिकाको बैठक बसी पालिका अध्यक्ष, उपाअध्क्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुले प्राप्त गर्ने नेपाल सरकारको तलब भत्ताको १५ दिनको रकम पालिकाले खडा गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–हामीले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि हाम्रो सेवा सुविधा बापतको १५ दिनको रकम कोषमा जम्म गर्ने निर्णय गरेका छौं, ।

त्यस्तै गाउँ कार्यपालिकामा कार्यरत ३५ जना कर्मचारीहरुले रु ६ हजारका दरले कोषमा रकम जम्मा गने भएका छन् । पालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न १० लाखको कोष स्थापना गरेको थियो ।

त्यसबाट स्वास्थ्य सामाग्री खरिद र कोरोना रोकमथामकै विभिन्न शिर्षकमा सो रकम खर्च भैसको बताउनुभयो । फाइल : फोटो / उमाकुण्ड गाउँपालिका