सिमा बचाउ गर्ने नेविसंघ नेता ढुङ्गेल सहित १० विद्यार्थी पक्राउ

बैशाख २९

रामेछाप । नेपाल विद्यार्थी संघले सोमबार दिउसो काठमाडौको माइतीघरमा गर्ने भनिएको भारतिय विस्तारवादको विरोध प्रदर्शन सहभागी हुन हिडेका नेपाल विद्यार्थी संघका नेता तथा निवर्तमान केन्द्रीय सदस्य रत्नरहि ढुङ्गेल सहित १० विद्यार्थी नेतालाई प्रहरी पक्राउ गरेको छ । ढुङ्गेल रामेछापका बासिन्दा हुन ।

विरोध प्रदर्शनमा सहभागि हुन अनामनगरबाट माइतीघर जान हिडका नेताहरूलाई हनुमानथानबाट प्रहरिले हातपात गर्दै जबर्जस्ती प्रहरीको भेनमा हाली महेन्द्र पुलिस क्लबमा लगेको छ ।
लकडाउनकै बिच देशको सिमा रक्षा र भारतीय विस्तारवादको विरोधमा नेविसंघले आज काठमाडौंको माइतीघरमा विशाल विराध प्रदर्शन गरेको छ ।
हाम्रो भुमी फिर्ता गर भारतीय विस्तारवाद बन्दगर भन्दै विरोध प्रदर्शन गरेको हो ।

प्रहरीले प्रदर्शनकारीहरु माथि हातपात गरेको छ भने २ सय भन्ला बढिलाइ प्रकाउ गरेको छ । प्रहरीले प्रदर्शनमा सहभागी लाई हातपात गरि प्रकाउ गरे पछि नेता ढुङ्गेलले भने नालायक सरकार भारतीय गुलाम भएको बताउनुभयो ।

नेपाल विद्यार्थी संघले पक्राउ परेका सबै विद्यार्थीको विना सर्त तत्काल रिहाइको माग गरेको छ ।