आज ५७ जनामा कोरोना पुष्टि

वैशाख ३०,

रामेछाप । आज नेपालमा ५७ जनामा केरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्य १९१ पुगेको छ । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

जसमा कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना, पर्सा जिल्लामा ३९ जना र बारा जिल्लाका १ जना रहेको छन् । उनीहरुसबै स्वास्थ्य कर्मीको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।