नर्स दिवसकै दिन नेपालमा नर्समा पनि कोरोना संक्रमण पुष्टि

बैशाख ३०,

रामेछाप । नेपालमा एक स्टाफ नर्समा पनि कोरोना पुष्टि भएको छ । आज कपिलवस्तु जिल्लाको तौलिहवा अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको रिपोर्ट आएको जानकारी दिनुभयो । आज त्यहाँ ८ जनामा उनी २५ वर्षीया नर्स एक रहेको उहाँको भनाइ छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।