नेपालमा दुइ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

वैशाख ३०,

रामेछाप । नेपालमा दुइ जना पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको छ । पर्सा जिल्लामा आज पुष्टि भएका ३९ जना मध्ये २ जना पत्रकार भएको पाएको हो ।

आज दिउँसो विभिन्न जिल्लामा गरि ५७ जनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै नेपालमा संक्रमितको संख्या १ सय ९१ जना पुगेको छ ।

नारायणी अस्पतालमा ४ जना पत्रकारहरुमा गरिएको परिक्षणका क्रममा २ जना पत्रकारमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मदन उपाध्यायले बताउनुभयो ।

पत्रकारहरु यो महामारीको समयमा उच्च जोखिम मोलेरै रिपोङि गरी रहेका छन् । विश्वका अन्य मुलुकमा पनि पत्रकारहरुलाई कोरोना  भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । फाइल फोटो