नेविसंघ रामेछापद्वारा मिचिएको भुमी फिर्ता ल्याउन प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

वैशाख ३०,

रामेछाप । नेपाली कांग्रेसको भातृ संघठन नेपाल विद्यार्थी संघ रामेछापले प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मामार्फत प्रधानमन्त्री केपी शार्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापमा उनीहरुले पत्र बुझाएका हुन ।

विश्वलाई कोरोना भाइरस संक्रमणले आक्रन्त पारी रहेको बेलामा छिमेकी राष्ट्र भारतले नेपाली भुमी लिपुलेक, कालापानी, लिम्पियाधुरा हुदै चीनको मानसोवार सम्म जाने बाटो उद्धघाटन गरेपछि देशैभरी विरोध भैरहेको छ ।

नेवि संघले वर्तमान सरकारले मिचिएको भुमी फिर्ता ल्याउन उचित कदम चाल्न नसकेको ठहर गरेको छ । कुटनितीक पहल गर्न पनि सुझाव दिएको छ ।

साथै संघले ओली सरकारले राष्ट्रियताको पक्षमा दृढ अडान नलिएको उल्लेख गरेको छ । उसले कोरोना भाइरसको परिक्षण दायरा बढाउन माग गरेको छ ।

ज्ञापनपत्र

फोटो : Bimal Paudel