जेष्ठ ५ गते सम्म जिल्लामा गरिने गतिविधी बारे निर्णय लिन भोली सरोकारवालाको बैठक

वैशाख ३१,
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले भोली (बिहिबार) कोरोना भाइसर संक्रमण रोकथाम तथा नियन्त्रण समितिको बैठक डाकेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले कोरोना भाइरस संक्रमण नियन्त्रण र परिक्षणको दायर बढाउने, आगामी ५ जेष्ठ गते सम्म जिल्ला भित्र गरिने गति विधीबारे आवश्यक छलफल गर्न सरोकारवालाको बैठक डाकेको जानकारी दिनुभयो । फोटो : फाइल Milan Ghimirey