नेकपा स्थायी कमिटी बैठक आज बस्दै

वैशाख ३१,

रामेछाप । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टीभित्र चलेको विवादका कारण यसअघि रोकिएको बैठक आजदेखि सुरु हुने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पार्टी भित्रको आन्तरिक विवादभन्दा पनि सीमा समस्या, बजेट र नीति तथा कार्यक्रममाथि छलफल गरिने पौडेलको भनाइ छ । नेकपाका दुई अध्यक्षबीच स्थायी कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन र कार्यसूचीमा सहमति बन्न नसक्दा गत २५ वैशाखमा बस्ने भनिएको स्थायी कमिटी बैठक आन्तिममा आएर स्थगित गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यादेश ल्याएपछि नेकपामा चर्किएको विवादमाथि छलफल गर्न वैशाख १० गते नेकपाका २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयसामु तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए ।