रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि

वैशाख ३१,

रामेछाप । रामेछापका एक युवकामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२७ वर्षीय ती युवा नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएको बताएको छ । उनी सशस्त्र प्रहरीका जवान हुन ।

रामेछाप घरभएका उनी हाल भक्तपुरको चागुनारायाण नगरपालिका वडा नम्वर १ दुवाकोटामा बस्दै आएको छन् । ती युवा सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको बताएको छ । उनको अहिले टेकु अस्पतालमा उपचार जारी छ । साथै उनका परिावारका सदस्यहरुको पनि परीक्षणका लागि ट्रेसिङ भईरहेको छ।