२१७ जना कोरोना स‌क्रमण पुगे, आजबाट के गर्न पाइदैन हेर्नुस्

वैशाख ३१,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । गत मंलबार एकै दिन ८३ जना नयाँ संक्रमित थपिएका हनु । गत सोमबारसम्म नेपालमा संक्रमितको संख्या निकै कम फेला पर्दै आएकोमा मंगलबारबाटै एकै दिन ५० भन्दामाथी संक्रमित थपिएका हुन ।
मंगलबार एकैदिन पहिलो जानकारीमा ५७ जना र दोस्रो जानकारीमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको राष्ट्रि जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पर्साका, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १ र सर्लाहीका एक जना छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र स्वस्थ्य सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
नेपालमा हालसम्म ३३ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै एकै दिन संक्रमित थपिएसंगै सरकारले बन्दाबन्दिलाइ पुन कडाइ गरेको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने भएको छ । यस अघि दिदै आइएको अन्लाइन सवारी पास पनि आजबाट लागुहुने गरि लागुनहुने भएको छ ।