तामाकोशी नदीले बगाउँदा एक जना बेपत्ता

जेठ १,

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोशीमा एक जना बेपत्ता भएका छिन् ।

आज (बिहिबार) करिब २ : ३० बजेको समयमा ओखलढुङगा घर भएकी १२ वर्षीय रोसिका तामाङ मावला दोलखा जिल्ला हिड्दै गर्दा तामाकोशी नदिमा पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएकी रामेछाप प्रहरीले जानकारी दिएको छ ।

उनीसंगै अर्का एकजना पनि रहेका छन् । बेपत्ता उनको खोजी भैरहेको घटना स्थलबाट मन्थलीका स्थानिय सोनु रोकाले जानकारी दिनुभयो । फोटो : फाइल