नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या

जेष्ठ ०१,

रामेछाप । नेपालमा कोरोना सक्रमितको संख्या २ सय ४६ पुगेको छ । बिहिबार भरतपुर अस्पतालमा कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षमा १ जनामा संक्रमण पुष्टि भएको हो । उनी नवलपरासी ब.सू.पू देवचुली नगरपालिका १२ निवासी ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज बिहान मात्रै २ जनामा कोरोना पुष्टि भएको थियो । ५ जना थपि २५० पुग्यो भनिएकोमा पुरानै संक्रमित भएको खुलेको थियो । हाल नेपालमा २४६ जना कोरोना संक्रमित भएका छन् । भने ३२ जना उपचार पछि निको भएका छन् ।

Image may contain: text



HEOC
मिति २०७७ जेष्ठ ०१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति