भोलीदेखी ४ घण्टामात्रै बैकं खुल्ने

जेष्ठ ०१,

रामेछाप । भोलीबाट रामेछाप जिल्लाका बैकं तथा वित्तीय संस्थाहरु बिहान १० बजेदेखी दिउँसो १ बजे सम्ममात्रै खुल्ने भएका छन् ।

आज (बिहिबार) जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरको हो । सरकारले कोरोना भाइरस संक्रमण तिवृ गतिमा बढेकाले बन्दाबन्दीलाई थप कडाइ गर्न निर्देशन दिएको छ ।

सुचना

प्रशासनले जारी गरेको सुचनामा न्युनतम कार्मचारीको उपस्थितिमा अर्को सुचना जारी नभएसम्मको लागि सुरक्षाका उपायहरुको अवलम्बन गरी ४ घण्टा मात्रै कारोबार गर्न भनेको हो । यो निर्णय आज गरिएका ९ औ‌ निर्णयको ५ औ‌ बुदामा रहेको छ । फाइल फोटो