सरकारी मोटरसाइकलको दुरुपयोग, एअरपोर्ट नजिकै सिक्दै गरेको भेटिन्छ बा. २ प ५५३१

रामेछाप। मन्थली नगरपालिका वडा नं. १ अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रको मोटरसाईकलको दुरुपयोग हुने गरेको भेटिएको छ । लकडाउनको दुरुपयोग गर्दै प्राथमिक स्वास्थ्य केन्द्र,मन्थलीको बा. २ प ५५३१ नं. मोटरसाइकल त्यहाँका कर्मचारीको बाइक सिक्ने मेसो बनेको छ ।सरकारी नम्बर प्लेट रहेको उक्त मोटरसाइकल त्यहाँको स्वास्थ्य कर्मचारीले दुरुपयोग गर्ने गरेको भेटिएको हो ।

बिहान र बेलुका अन्य दिनहरुमा पनि सो मोटरसाइकल मन्थलीको आकासे एअरपोर्ट नजिकै तामाकोसी नदी किनारमा रहेको चौरमा प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीले सिक्ने गरेको स्थानीयहरुले बताएका छन् ।बुधबार बेलुका कार्यालय समय सकिएपछि उक्त मोटरसाइकल लिएर आएका २ जना कर्मचारीहरुले सिक्ने प्रयोजनका लागि प्रयोग गरेको पाइएको हो ।

यस बारेमा बिस्तृत जानकारीका लागि प्राथामिक स्वास्थ्य केन्द्रको फोन नं. ०४८५४०१२७ मा सम्पर्क गर्दा बुझेर जवाफ दिन्छु भनिए पनि त्यस पश्चात कसैले फोन उठाएनन् ।
बाँकी भिडियोमा :